Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमसीसी सम्झौता अनुमोदन भएको दुई महिनापछि राजपत्रमा प्रकाशित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १८ २०७९
  • 5.9K
    SHARES

काठमाडौं । संसदबाट अनुमोदन भएको दुई महिनापछि अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा प्रकाशित भएको छ ।

नेपाल र अमेरिकी सहयोग एमसीसीबीच भएकाे सम्झौता गत फागुन १५ गते प्रतिनिधिसभाबाट अनुमोदन गरिएको थियो। साे सम्झौता अनुमोदन भएको दुई महिनापछि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले यही वैशाख १५ गते सम्झौता अनुमोदन भएको विषय राजपत्रमा प्रकाशित गरेको हो ।

राजपत्रमा प्रकाशित भएसँगै उक्त सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । नेपालमा विद्युत प्रसारण लाइन निर्माण र सडक पूर्वाधारको स्तरोउन्नतिका लागि एमसीसीले नेपाललाई ५० करोड डलर उपलब्ध गराउने छ । सम्झौता कार्यान्वयनमा गएको पाँच वर्षभित्र निर्धारित आयोजनाहरुको काम सम्पन्न गरिने छ । नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते उक्त सम्झौता भएको थियो ।

तर, नेपालको संसदबाट अनुमोदन नहुँदा एमसीसी सम्झौता कार्यान्वयनमा जान सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४