Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोरखामा गठबन्धनको सम्भावना टर्‍यो, मित्रवत् प्रतिस्पर्धाको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १० २०७९
  • 7.1K
    SHARES

पोखरा । पार्टीहरू ‘टसको मस’ नहुँदा गोरखामा गठबन्धन करिब टुङ्गिएको छ । अन्तिम निष्कर्ष निकाल्न शनिवार बिहान बसेको बैठक पनि भागबन्डामा कुरा नमिल्दा विना निष्कर्ष टुङ्गिएको हो ।

अब सत्ता गठबन्धनको बैठक पुनः नबस्ने गरी टुङ्गिएको कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले बताए । ‘गठबन्धन दलहरुबीच कुरा मिलेन । अव गठबन्धन भित्र जो-जसलाई आवश्यकता छ, सोही अनुसार गठबन्धन गर्न पाउने बाटो खुल्यो,’ उनले भने, ‘४ दलको बैठक अब बस्दैन ।

 श्रोतका अनुसार अधिकांश पालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भएको छ । त्यसैले जनता समाजवादी गठबन्धनबाट बाहिरिएको हो । शनिबार बिहान बसेको अन्तिम बैठकसम्म नेपाली कांग्रेसले सात, माओवादीले पाँच, जनता समाजवादी पार्टीले दुई पालिका दाबी गरेका थिए । ‘कुनै बैठकमा नराम्रो भएन ।

तर कुनै बैठकले पनि निष्कर्ष निकाल्न सकेन,’ माओवादी जिल्ला अध्यक्ष लेखबहादुर थापाले भने, ‘यसरी निर्णय नहुने भएपछि अवस्था अनुसार दुई वा दुई भन्दा बढी दलहरू मिलेर जान सक्छन् । जिल्लाबाट दबाब हुँदैन ।’

गोरखामा कांग्रेसले १ नगरपालिका सहित ७ पालिका र ४५ वडामा दाबी गरेको छ । यस्तै, माओवादीले १ नगरपालिका सहित ५ पालिका र ४५ वडामै दाबी गरेको छ भने जनता समाजवादीले १ नगरपालिका सहित २ पालिकामा दाबी गरेको छ ।

सहमति ननिस्किएपछि आ-आफ्नो दलबाट उम्मेदवार छान्ने र मनोनयनमा पठाउने सहमति भएको थापाले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४