Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजस्थान आईपीएलको शीर्ष स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १० २०७९
  • 4.9K
    SHARES

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्षस्थानमा उक्लिएको छ ।

शुक्रबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको हो । २२३ रनको विशाल लक्ष्य दिल्लीले पूरा गर्न सकेन । दिल्ली ८ विकेट गुमाएर २०७ रनमा समेटिएको हो ।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४४, पृथ्वी शाले ३७ र डेविड वार्नरले २८, ललित यादवले ३७, रोमन पोविलले ३६ रन जोडेका थिए । अन्य खेलाडीले भने राम्रो अंक जोड्न सकेनन् ।

राजस्थानका प्रसिद्ध कृष्णले तीन, रविचन्द्रन आश्विनले २, युजभेन्द्र चाहल र ओबेद मककायले समान एक/एक विकेट लिए । पहिले ब्याटिङ गरेको राजस्थानले जोस बटलरको शतकीय मद्दतमा २ विकेट गुमाएर २२२ रन बनाएको थियो ।

ओपनर जोस बटलर एक्लैले विस्फोटक ब्याटिङ गर्दै ११६ बनाएर आउट भए । आईपीएल २०२२ मा बटलरको यो तेस्रो शतक हो ।  देवदत्त पाडिक्कले ५४, सञ्जु सामसनले ४६ रन जोडे ।

दिल्लीका मुस्ताफिर रहमान र खलिल अहमदले एक/एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४