Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जुम्लाको तिलामा आगलागी हुँदा एकै घरका तीनसहित चार बालबालिकाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १० २०७९
  • 5.2K
    SHARES

सुर्खेत । जुम्लाको तिला गाउँपालिका आगलागीमा परी एकै घरका तीनसहित चार बालबालिकाको मृत्यु भएको छ । गएराती भएका गाउँपालिका-३ सार्कीवाडामा भएको आगलागीमा परी चार बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले जन प्रहारलाई  जानकारी दिइन् ।

उनकाअनुसार राति करिब साढे ११ बजेतिर आगलागी भएको थियो । स्थानीय मानसिंह सार्कीको घरमा आगलागी हुँदा उनका १ वर्षीय छोरा दीपेश, ३ वर्षीया छोरी बसना र ११ वर्षीया अनु सार्कीको मृत्यु भएको छ भने सँगै सुतेकी १४ वर्षीया तिर्सना सार्कीकाे पनि मृत्यु भएको छ । उनी मानसिंहकी भान्जी रहेको प्रजिअ प्रसाईँले बताइन् ।

रातीनै प्रजिअसहित, एसपी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पुगेर बिहान ३ बजे आगो नियन्त्रणमा लिइएको थियो । घरमा रहेका अन्य तीन जना बेहास अवस्था रहेका उपचारको लागि कर्णाली स्वास्थ्य प्रतिष्ठानमा पठाइएको छ ।

घर पुरै जलेर नष्ट भएको छ भने कसरी आगलागी भएको हो भन्ने खुलेको छैन । क्षतिको सङ्कलन र आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४