Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्टर मिलान फाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ७ २०७९
  • 6.7K
    SHARES

काठमाडौं । इन्टर मिलान कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टरले एसी मिलानलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

इन्टरले समग्रमा ३–० को जित निकालेको हो । पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो लेगमा इन्टरको जितमा लाउटरो मार्टिनेजले दुई तथा रोविन गोसेन्सले एक गोल गरे ।

खेलको चौंथो मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ४० औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८२ औं मिनेटमा रोबिन गोन्सेनले गोल गर्दै इन्टरलाई ३–० को जित दिलाए ।

जितसँगै फाइनलमा पुगेको इन्टरले अब उपाधिका लागि युभेन्ट्स वा फियोरेन्टिनाबीचको विजेतासँग ११ मेमा खेल्नेछ । युभेन्ट्स र फियोरेन्टिनाको खेल बुधबार राति हुँदैछ । पहिलो लेगमा युभेन्ट्सले फियोरेन्टिनालाई १–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४