Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनद्वारा रुसी रेलको पुलमा आक्रमण, युक्रेनमा आक्रमण थप बढाउने रुसको धम्की


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २ २०७९
  • 5.1K
    SHARES

एजेन्सी । रुसले युक्रेनमाथि विना कारण आक्रमण गरेको शुक्रबार ५१ दिन पुगेको छ ।

युद्ध लम्बिदै जाँदा युक्रेनी सेना रुसमा पनि प्रवेश गरेको दाबी रुसको छ । रुसले युक्रेनलाई निकै चाँडै आफ्नो नियन्त्रणमा ल्याउने आकलन गरेको थियो । तर युक्रेनी सेनाले रुसी सेनासँग डटेर लडेपछि रुसले सोचको भन्दा फरक ढंगले यो युद्ध लम्बिएको छ । युक्रेनी सेनाले हिम्मत हारेका छैनन् । युद्धकै क्रममा सीमामा युक्रेनी सेनाले रुसी नागरिकमाथि आक्रमण गरेको रुसको दाबी छ ।

रुसले युक्रेनी सेनाले सीमा नजिकैको बेल्गोरोड र ब्रायनस्कमा आक्रमण गरेको आरोप लगाएको छ । त्यसमा कैयन रुसी नागरिक घाइते भएका रुसको भनाई छ । तर युक्रेनले भने रुसी दाबी झुठो भएको बताएको छ । उसले सीमामा रहेको रुसी रेलको पुलमा मात्रै आक्रमण गरेको बताएको छ । यो रेलको पुल रुसका लागि निकै महत्वपूर्ण थियो । किनकी त्यहाँबाट रुसले युक्रेन आक्रमणमा सैन्य उपकरणहरू आपूर्ती गरिरहेको थियो ।

रुस र युक्रेनको युद्ध झन– झन भयानक बन्दै गइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । रुसले युक्रेनमा पारेको तहस नहसबाट क्रुद्ध भएको युक्रेनी सेनाले रुसमा प्रवेश गरेर आक्रमण गर्ने रणनीति बनाएको छ । रुसले युक्रेनका सबै शहरहरु बम र मिसाइल आक्रमणबाट खण्डहर बनाएको छ । निकै चहल पहल रहने युक्रेनका बिभिन्न शहरहरु मसानघाट जस्तै भएका संचारमाध्यमले जनाएका छन् ।

रुसले अस्पताल,बिद्यालय,खानेपानी जस्ता युक्रेनका सबै पूर्वाधारहरु ध्वस्त पारेको छ । युक्रेनी सेना रुसमा प्रवेश गरेर आक्रमण गरे युक्रेनमा थप आक्रमण बढाउने धम्की रुसले दिएको छ । उसले युक्रेनी सेनालाई रुसी क्षेत्रमा आक्रमण नगर्न पनि चेतावनी दिएको छ ।रुसले युक्रेनमाथि गत फेब्रुअरी २४ देखि आक्रमण शुरु गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४