Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तानका २३औं प्रधानमन्त्रीमा शहबाज शरीफ चयन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २८ २०७८
  • 5.6K
    SHARES

एजेन्सी । पाकिस्तान मुस्लिम लीग–नवाज पार्टीका नेता शहबाज शरीफ पाकिस्तानको २३औं प्रधानमन्त्रीमा चयन हुनुभएको छ ।

शहबार शरीफको समर्थनमा १ सय ७४ मत परेको थियो । ३ सय ४२ सदस्यीय संसदमा बहुमतका लागि १७२ भोटको आवश्यक थियो । उहाँको विपक्षमा कुनै पनि मत परेन ।

इमरान खानको पार्टी पिटिआईका शाह महसुद कुरैशी पहिला निर्वाचन लड्ने बताए पनि संसदको कारबाही सुरु हुनेबित्तिकै संसद पदबाट राजीनामा दिँदै निर्वाचन नलड्ने घोषणा गर्नुभएको थियो ।

प्रधानमन्त्री चुनिएका शहबाज शरीफले सोमबार राति ८ बजे शपथग्रहण गर्नुहुने पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ ।

यसअघि आइतबार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वास प्रस्ताव बहुमतले पारित भएको थियो । प्रधानमन्त्रीको पदबाट हट्नेबित्तिकै उहाँले देशभर आन्दोलन गर्ने चेतावनी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४