Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देव र दीपेन्द्रको कीर्तिमानी साझेदारीपछि सम्हालिँदै नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १२ २०७८
  • 4.7K
    SHARES

काठमाडौं । देव खनाल र दीपेन्द्र सिंह ऐरीले पपुवा न्यु गिनीविरुद्ध कीर्तिमानी शतकीय साझेदारी गरेका छन् । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा देव र दीपेन्द्रले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे ।

पाँच रन हुँदा दुवै ओपनरलाई गुमाएको नेपालको इनिङ्स देव र दीपेन्दरले सम्हालेका थिए । देव र दीपेन्द्रले ओडीआईमा नेपालका लागि पहिलो अर्धशतकसमेत बनाइसकेका छन् ।

यी दुईले शतकीय साझेदारी गर्दै नेपालको इनिङ्सलाई अघि बढाइरहेका छन् ।

तेस्रो विकेटका लागि यसअघि ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले २०२१ मा पीएनजीविरुद्ध नै ८९ रनको साझेदारी गरेका थिए । देव र दीपेन्द्रले त्यो कीर्तिमान तोडिसकेका छन् ।

यसअघि नेपालका लागि रोहित पौडेल र आरिफ शेखको नाममा रहेको सर्वाधिक १०४ रनको साझेदारीको कीर्तिमान समेत तोडिसकेका छन् ।

देव र दीपेन्द्र अहिले १२६ रनको साझेदारी गर्दै ब्याटिङ गरिरहेका छन् । नेपालले २९ ओभर खेल्दा २ विकेट गुमाएर १३१ रन बनाएको छ । देव ७१ र दीपेन्द्र ५३ रन बनाएर खेलिरहेका छन् ।

तेस्रो विकेटका लागि १२९ रनको साझेदारी पछि देव खनाल आउट भएका छन् । देवले ८६ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४