Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतबाट हुुने विद्युत् आयात प्रभावित, प्राधिकरणलाई संकट


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ९ २०७८
  • 5.4K
    SHARES

काठमाडौं । मूल्य आकासिएर किन्न नसकेपछि भारतबाट नेपालमा दैनिक हुने बिजुली आयात करिब ७० प्रतिशतले घटेको छ । यसले मागअनुसार विद्युत आपूर्तिमा समस्या पर्ने देखिएको छ ।

नदीमा पानीको सतह घट्ने भएकाले चैत महिना भारतबाट सबैभन्दा बढी विद्युत ल्याउनुपर्छ । विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार दैनिक १२ हजार मेगावाट/आवर बिजुली भारतबाट ल्याउनुपर्छ ।

तर, भारतमा बिजुली चरम रुपमा महगिंदा आयात गर्न कठिन भएको उनले बताए । ‘महँगो भएपछि हामीले बिजुली किन्न हालेका ‘बिड’हरू परिरहेको छैन,’ उनले भने,’हामीले हालेको रेटभन्दा बढी मूल्यमा बिजुली अरुले नै किनेपछि विद्युत आपूर्ति आयात प्रभावित हुने अवस्था आयो ।’

यसले गर्दा प्राधिकरणले उद्योगहरुमा दिने बिजुली कटौती गर्न थालेको छ ।

युक्रेन-रुस युद्ध सुरू भएपछि भारतमा बिजुलीको मूल्य आकासिएको छ । भारतबाट नेपालले प्रतिस्पर्धी दरमा विद्युत किनिरहेको छ । उच्च मूल्यमा भारतमै बिजुली बिक्री हुन थालेपछि प्राधिरकणले गरेका ‘बिड’ स्वीकृत हुन सकेका छैनन् ।

विद्युत प्राधिरकणले भारतसँग विद्युत खरिदका लागि सम्झौता गरेका भारतको एटीपीसी विद्युत व्यापार निगम र पावर ट्रेड कर्पोरेसनले पनि मूल्य आकासिए पछि विद्युत आपूर्ति सुनिश्चित गर्न सकेका छैनन् । यसले प्राधिकरणलाई संकट पर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४