Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उमा भारतीले रक्सी पसलमा हानिन् ढुंगा,भिडियो भाइरल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ३० २०७८
  • 6.9K
    SHARES

एजेन्सी । भारतीय जनता पार्टी (बीजेपी) की बरिष्ठ नेतृ उमा भारतीले भोपालको एक मदिरा पसलमा ढुंगा हानेर तोडफोड गरेको तस्वीर र भिडियो अहिले निकै भाइरल भएको छ ।

मध्य प्रदेशकी पूर्व मुख्यमन्त्री समेत रहेकी भारतीले भोपालको बरखेडा पठानी आजाद नगरको एक मदिरा पसलमा ढुंगा हानेर रक्सीका बोतल फुटाएकी हुन् । सो क्षेत्रमा धेरै मन्दिरहरु र विद्यालय पनि रहेको त्यहाँबाट रक्सी पसल हटाउन उनले चेतावनी समेत दिएकी छिन् । मदिरा पिएका मानिसहरुले घरको छतमा महिलाहरु निस्किदा अश्लील क्रियाकलाप गरेर दुःख समेत दिने गरेका गुनासा समेत सुनिन थालेपछि उनी त्यहाँ पुगेकी हुन् ।

सो क्षेत्रमा मजदुर कोलनी पनि भएकाले धेरै मदिरा बिक्रि हुने गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । उनले मदिराले सबैलाई बिगारेको भन्दै पसल नहटाए आन्दोलन गर्ने पनि बताएकी छिन् । उनले उक्त घटनालाई लिएर ट्वीट पनि गरेकी छिन् भने त्यो भिडियो निकै भाइरल पनि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४