Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २९ २०७८
  • 4.8K
    SHARES

काठमाडौं । साउदी अरबमा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको छ ।

यो संख्या गएको एक वर्षभरिमा दिइएको मृत्युदण्ड भन्दा बढीको हो । साउदी अरबमा गत वर्ष ६९ जनालाई मृत्युदण्ड दिइएको थियो ।

मृत्युदण्ड दिइएकाहरुमा सात जना यमनी र एक सिरियाली नागरिक पनि छन् । उनीहरुमाथि आतंकवाद सहितका अभियोग लागेको सरकारी समाचार संस्था एसपिएले जनाएको छ ।

मृत्युदण्ड दिइएका मध्ये केहीलाई इस्लामिक स्टेट (आइएस), अल–कायदा र हुथी विद्रोहीसँग सम्बन्ध राखेको आरोप लगाइएको छ ।

मृत्युदण्ड पाएकाहरुले निष्पक्ष न्यायिक अधिकार प्राप्त नगरेको हुन सक्ने अधिकारवादी संस्थाहरुले बताएका छन् । तर, साउदी सरकारले भने सो आरोप अस्वीकार गरेको छ ।

१३ न्यायाधीशको बेञ्चले तीन तहको न्यायिक प्रक्रियापछि फैसला गरेको एसपिएले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४