Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हातमा फोन नम्बर टिपेर ११ वर्षीय युक्रेनी बालकको ११ सय किलोमिटर यात्रा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २६ २०७८
  • 8.4K
    SHARES

काठमाडौं । ११ वर्षीय यी युक्रेनी बालक युद्धबाट जोगाउन उनकै आमाले प्लास्टिक झोलामा उनका खेलौना राखेर अर्को देश पठाएकी छन् ।

बालकको हातमा आफन्तको सम्पर्क नम्बर लेखिएको छ । कहाँ जाने, के गर्ने अत्तोपत्तो छैन । रुन्छन्, कराउँछन्, भक्कानिन्छन्, बाटो विराउँछन्, भावुक बन्छन् अनि टोलाउँदै बाटो नाप्छन् ।

बाटोले जता डोर्‍याउँछ, उतै बहकिनु उनको नियति बनेको छ । युक्रेनका धेरै बालबालिकाले खेपेको अवस्था हो यो । खुकुरीको धारमा राखेर भए पनि अभिभावकले ज्यान जोगाउन अन्तिम उपायका रूपमा आफ्ना सन्ततिलाई अर्को मुलुकमा पठाउँदैछन् ।

निर्दोष ती बालक रुँदै ११ सय २५ किलाेमिटर टाढा स्लोभाकिया पुगेको दृश्यले सबको ध्यान केन्द्रित गरेको छ । बालबालिका मात्र हैन, लठ्ठीको सहारामा जीवन डोर्‍याइरहेका वृद्धवृद्धाको हालत थप कारुणिक बन्दै गएको छ । नागरिकका घर आगोको लप्काले खाएको छ ।

लाखौं युक्रेनी शरणार्थी भएर निर्जन मुलुकमा बाँडिएका छन् । एउटै परिवारका सदस्य को कहाँ छन्, पत्तो छैन । यद्यपि सत्ता र शक्तिको घमण्ड सेलाउने छाँटकाँट अझै देखिँदैन । बरु युद्धको भोक बालबालिका अस्पतालमाथि आक्रमण गर्ने तहसम्म पुगेको छ ।

कठै, कुनै स्वार्थ नजोडिएको यो समुदायलाई युद्धको तारो किन बनाइएको हो ? यो घाउको खाटा कहिले बस्ने हो ? प्रश्न थुप्रै छन्, उत्तर छैन । रुसी फौजको निरन्तर हमलाबीच मानवीय संकट झनझन् गहिरिँदै गएको छ ।

युक्रेनी नागरिकको हालत पनि अफगानिस्तानका जनताको जस्तै बन्न पुगेको छ । फरक यति हो कि युक्रेनी अभिभावकहरूलाई खानकै लागि सन्तान बेच्नुपरेको छैन । तर, आफना ज्यान जोगाउन सन्तानलाई छिमेकी देशमा शरण लिन पठाएको दृश्यले भने जो कोहीको मन कटक्क खान्छ ।

ओछ्यानमा थला परिसकेका वृद्धवृद्धा ज्यान घिसारेरै भए पनि ज्यान बचाउन लालायित देखिन्छन् । जताततै गोलाबारीको मुस्लो छ । ज्यान लिनेहरूको बिगबिगी छ तर मानवताको दीप बलेको कतै देखिन्न ।

आकाशभरि काल बनेर गोलचक्कर लगाइरहेका बायुयान र पृथ्वीमा उभिएर एकमुठी सासको भिख मागिरहेका नागरिकको पुकारबीचको समन्वय विन्दु अहिलेसम्म फेला परेको छैन ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४