Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरीको कुटाइबाट सुर्खेतमा एक युवकको मृत्यु, छानविन समिति गठन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २१ २०७८
  • 8.8K
    SHARES

सुर्खेत । प्रहरीको कुटाइबाट एक युवकको मृत्यु भएपछि सुर्खेतमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षमा बसेको जिल्लास्थित सुरक्षा निकायहरूको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको हो ।समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

प्रशासनले घटनालाई लिएर जिल्लामा हुनसक्ने सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रणका लागि पनि निर्देशन दिएको छ । प्रशासनले आफन्तहरूलाई छानबिनको वातावरण बनाइदिन आग्रह गरेको छ ।

शुक्रबार राति नेपालगञ्जबाट भे १ क ९२२ नम्बरको गाडीमा सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका–३ का ३१ वर्षीय कृष्ण (मिनि) हमालको प्रहरी कुटाईबाट मृत्यु भएको हो ।

सुब्बाकुना प्रहरीको कुटाइबाट गम्भीर घाइते हमालको उपचारका लागि अस्पताल नपुर्याउँदै बाटैमा मृत्यु भएको सुर्खेत अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हमालको मृत्युपछि उनका आफन्तले वीरेन्द्रनगरका विभिन्न चोकहरूमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रहरीको कुटाइबाट हमालको तल्लो पेट र अण्डाकोषमा चोट लागेको थियो ।

प्रहरीले गाडीको चालकसहित दुईजनालाई समेत कुटपिट गरेको पीडितले बताएका छन् । सोधपुछको बहानामा पीडितलाई नै प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४