Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनका ठूला शहरमा रुसी सेनाको बमबारी, खार्किभमा २१ जना मारिए


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १८ २०७८
  • 6.9K
    SHARES

काठकाडौं । रुसी सेनाले युक्रेनका ठूला शहरमा बम र गोलाबारी तीव्र पारेको छ । दोस्रो ठूलो शहर खार्किभमा भएको बमबारीमा परी कम्तिमा २१ जनाको ज्यान गएको छ ।

युक्रेनका अधिकारीले राजधानी किएभ र खार्किभसहितका शहरमा रुसले बम र गोलाबारीलाई तीव्रता दिएको बताएका छन् । खार्किभमा रुसी सेनाले गरेको बम र गोलाबारीमा कम्तिमा २१ जना मारिएको उक्त शहरमा गभर्नर ओले सिनेहुबोभले बताए । एक सय १२ जना घाइते भएको पनि उनको भनाइ छ ।

यता किभएको टेलिभिजन टावरमा आक्रमण हुँदा कम्तिमा पाँचजनाको मृत्यु भएको छ । टेलिभिजनको कन्ट्रोल रुम र पावर सबस्टेशनलाई रुसी सेनाले लक्षित गरेको अधिकारीहरूको भनाइ छ । त्यस्तै, युक्रेनी गृह मन्त्रीका एक सल्लाहकारले जाइटोमिर शहरको मानव वस्तीमा क्रुज मिसाइल प्रहार हुँदा चार जनाको मृत्यु भएको छ ।

Damaged buildings in Kharkiv, Ukraine, after a reported Russian strike on March 2.

‘हालसम्म एक बालकसहित चार जनाको मृत्यु भएको छ’, गृह मन्त्रीका सल्लाहकार एन्टो हेराशचेन्कोले भने । रुसले हमलाको सातौं दिन खार्किभमा प्यारासुटमार्फत् विशेष फौज ओरालेको युक्रेनको सेनाले जनाएको छ ।

 

रुसका प्यारा ट्रुपर अवतरण भएपछि लडाइँ सुरु भएको बताइएको छ । झण्डै १४ लाख जनसंख्या भएको उक्त शहरलाई रुसले बिहीबारदेखि नै निशाना बनाउँदै आएको छ ।

A blast is seen near the TV tower in Kyiv, Ukraine, on March 1.

यसैबीच, रुसी सेनाले दक्षिण युक्रेनस्थित खेर्शन शहरलाई कब्जा गरेको बताएको छ । तर शहरका स्थानीय अधिकारीले कब्जा नभएको तर रुसी सेनाको घेराबन्दीमा परेको बताएका छन् । अलजजिराबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४