काठमाडौं । नेकपा एमालेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्न मात्र एमसीसीमा विवाद सुरु गरिएको बताएको छ ।
संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि आफ्नो धारणा सार्वननिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालेले तत्कालीन नेकपामा ओलीलाई पदत्यूत गर्ने उद्देश्यले मात्र एमसीसीमा विवाद सुरु गरिएको बताएको हो ।व्याख्यात्मक टिप्पणी जनतालाई ढाँट्ने प्रयास मात्र भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।