उनले नेपाली काङ्ग्रेस र कांग्रेसबाट मन्त्री भएकाहरुको इज्जत गर्न मुख्यमन्त्री राईलाई आग्रह गरिन् ।
जनतालाई जवाफ दिन पाइयोस्
संसदको शून्य समयमा बोल्ने सांसदहरुले प्रदेशको नाम राख्न माग गरेका छन् । ६ वटा प्रदेशले नाम राख्न सकेको बताउँदै सांसदहरुले तत्काल प्रदेशको नामकरण गर्न माग गरे । ‘चार वर्षसम्म किन नाम नपाएको ? हाम्रो नाम नआउनुको कारण के हो सरकार,’ सांसद सुब्बाले भनिन,‘ प्रदेशको नाम राखियोस् ।’
प्रदेश सांसद होमकुमारी साँवाले तत्काल प्रदेशको नाम राख्नु पर्ने बताइ्न् । ‘यही अधिवेशनमा प्रदेशको नामकारण होस्,’ उनले भनिन्, ‘गाउँमा जनताले सोधिरहेका छन्, हामीले जवाफ दिन पाउ, जे भएपनि प्रदेशको नामकरण होस् ।’
सांसद शान्ता पौडेलले चार वर्षसम्म प्रदेशले नाम नपाएको बताउँदै तत्काल प्रदेशको नाम राख्नका लागि सरकारलाई आग्रह गरिन् ।
सांसद सञ्जाकुमारी दनुवारले पनि प्रदेशको नाम राख्न माग गरिन् । ‘साढे चार वर्ष भयो प्रदेशको नाम राख्न नसकेको, उनले भनिन्,‘चाडो नाम राखौं ।’ सांसद विनादेवी राई र सांसद सीता थेबेले पनि प्रदेशको नाम राख्न माग गरे ।
सांसद तुलसीप्रसाद न्यौपानेले विकास बजेट काट्ने र घटाउने काम नगर्न आग्रह गरे । उनले बजेट कटौती गर्नुको औचित्य पुष्टी गर्न माग गरे । प्रादेशिक सडक आयोजना खारेज गरेर प्रदेश सरकारले जनताको गाँस काटेर के गर्न खोजेको हो भन्दै प्रश्न गरे ।
सांसद पदमकुमारी गुरुङले भोटखोला गाउँपालिकामा खाद्यान्य अभाव भएका कारण प्रदेश सरकारलाई सहयोग गर्न आग्रह गरिन् । सांसद कला घलेले प्रदेश सरकारले विकास निर्माणको काम अलपत्र पारेको गुनासो गरिन् ।
विशेष समय लिएर बोल्दै एमाले सांसद अम्बीरबाबु गुरुङले प्रदेश सरकारले आफ्नो क्षेत्रको विकास बजेट रोकेको गुनासो गरे ।
