Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थानीय निर्वाचन : १०० न्यायाधीश र ५०० उपसचिव खटाउने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १६ २०७८
  • 7.9K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि ५ सय भन्दा बढी निजामती सेवाका उपसचिवलाई निर्वाचन अधिकृतका रुपमा खटाउने भएको छ ।

जिल्ला न्यायाधीश र न्यायसेवाका कर्मचारीहरुले नपुग्ने भएपछि आयोगले निजामती सेवाका उपसचिवहरुलाई निर्वाचन अधिकृतको रुपमा खटाउने गृहकार्य गरेको हो । देशभरमा ७५३ वटा स्थानीय तहमा हरेकमा एउटाको दरले निर्वाचन अधिकृत खटाउनुपर्छ ।

आयोगका अनुसार जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा जिल्ला न्यायाधीशले नै निर्वाचन अधिकृतको काम गर्नेछन् । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ८(२) मा भनिएको छ, ‘मुख्य निर्वाचन अधिकृतले आफूलाई तोकिएको जिल्लाको सदरमुकाम रहेको स्थानीय तहको निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकारको प्रयोग समेत गर्नेछ ।’

अरु स्थानीय तहमा न्याय तथा कानून सेवाका उपसचिवहरु खटाउने तयारी गरेको हो । उनीहरुले समेत नपुगेको ठाउँमा प्रशासन सेवाका उपसचिव खटाउने तयारी छ ।

७७ वटा जिल्लाका ‘एक नम्बर’ न्यायाधीशलाई सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत बनाउने आयोगको तयारी रहेको प्रमुख निर्वाचन अधिकृत दिनेशकुमार थपलियाले बताए । ती मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको स्थानीय तहको निर्वाचन अधिकृतको रुपमा समेत काम गर्नेछन् । आकस्मिक तयारीका लागि थप २० जना जिल्ला न्यायाधीशलाई जगेडाको रुपमा राख्ने तयारी छ ।

आयोगले न्यायाधीश र कर्मचारीहरुको नाम दिन न्यायपरिषद र न्याय सेवा आयोगमा पत्राचार गरिसकेको छ । परिषद र आयोगले नामावली निर्वाचन आयोगमा पठाइसकेका छन् । हाल आयोगले ती नाममाथि अध्ययन गरिरहेको आयोगले जनाएको छ ।

न्याय सेवा आयोगको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार, न्याय सेवा अन्तर्गतको न्याय प्रशासन, सरकारी वकिल र कानून समूहमा गरी कुल ३९९ जना उपसचिवस्तरका कर्मचारी कार्यरत छन् । तीमध्ये करिव आधा कर्मचारी नियमित कामका लागि आवश्यक पर्ने हुनाले आयोगले २०० जना जति उपसचिव निर्वाचन अधिकृतको रुपमा खटाउनेछ ।

बाँकी रहेका करिव ५ सय स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन सरकारसँग निजामती सेवाका उपसचिवको नामावली माग गरिएको आयोगले जनाएको छ । नामावलीमाथि अध्ययन भइरहेको आयोगको भनाइ छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘सकेसम्म स्थानीय स्तरमै व्यवस्थापन गर्ने, नभए वरपरको जिल्लाबाट गर्ने र त्यो पनि नभए प्रदेश सदरमुकामबाट अनुकुल हुने गरी निर्वाचन अधिकृत खटाउने हाम्रो तयारी हो ।’

स्थानीय तह निर्वाचन ऐनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन सम्पन्न गराउने आयोगको प्रतिनिधिको रुपमा तोकिएको छ । ऐनमा उनीहरुको काम ‘आयोगको निर्देशनको अधीनमा रही आफूलाई तोकिएको जिल्लाभित्रको निर्वाचन सम्बन्धी कामको समन्वय र सुपरीवेक्षण गरी आवश्यक निर्देशन दिने’ भनी उल्लेख छ । निर्वाचन अधिकृतले नै सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत लगायत अरु कर्मचारी नियुक्त गर्छन् ।

निर्वाचन आयोगले करिव ६० दिन काम गर्नेगरी निर्वाचन अधिकृतहरुलाई नियुक्त गर्ने तयारी थालेको छ । आगामी चैत १० गतेदेखि नियुक्त गर्ने र त्यसलगत्तै उनीहरुले काम थाल्ने आयोगको योजना छ ।

१५ चैतबाट जिम्मेवारी सुरु गर्ने उनीहरुले ३० वैशाख २०७८ मा स्थानीय निर्वाचन सकेर जिल्ला समन्वय समितिको निर्वाचन समेत गराई करिव १५ जेठको आसपासमा नियमित काममा फर्कनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४