Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा फ्रेण्ड्सका जोमोउल फ्रान्कोइस


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ८ २०७८
  • 7.5K
    SHARES

काठमाडौं । फ्रेण्ड्स क्लबका जोमोउल एन्थोनी फ्रान्कोइस जारी शहीद स्मारक ए डिभिजन लिगको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लेका छन् ।

शनिबार च्यासल युथ क्लबविरुद्ध दुई गोल गरेपछि फ्रान्कोसले लिगमा गोल संख्या ७ पुर्‍याएका हुन् । ट्रिनिडाड एण्ड टोबागोका फ्रान्कोइसकै दुई गोलमा फ्रेण्ड्सले च्यासललाई २-१ ले पराजित गर्दै रेलिगेसनबाट बच्ने सम्भावना बलियो बनाएको छ । हारले च्यासल भने रेलिगेसनमा परेको छ ।

लिगको सुरुवाती ६ खेलसम्म गोल गर्न नसकेका फ्रान्कोइसले सातौं चरणदेखि गोल गर्न थालेका थिए । एनआरटीविरुद्ध एक गोल गर्दै गोलको खाता खोलेका फ्रान्कोइसले नवौं चरणमा आर्मीविरुद्ध एक गोल गरे ।

त्यसपछि दशौँ चरणमा ब्रिगेड विरुद्ध ५-२ को जितमा उनले दुई गोल गरे । ११औं चरणमा जावालखेल युथ क्लबविरुद्ध इन्जुरी टाइममा गोल गर्दै फ्रेण्ड्सको हार टारेपछि उनी पनि सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि आए ।

च्यासलविरुद्ध शनिबार दुई गोल गरेपछि मछिन्द्रका सुनिल बल र मनाङका आफिज ओलावाले पछि पार्दै जोमोउल फ्रान्सकोइस शीर्ष स्थानमा उक्लेका हुन् ।

सुनिल र ओलवालेको समान ६ गोल छ । यस्तै सातदोबाटो युथ क्लबका अजयी मार्टिन्स र एपीएफ एफसीका आशिष लामाले समान पाँच गोल गरे ।

यसपटक लिगमा सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेबल बुट अवार्डसँगै पाउनेछन् । त्यो रेसमा सबैभन्दा अघि यी पाँच खेलाडी छन् ।

सर्वाधिक गोल गर्ने खेलाडीको सूची

जोमोउल एन्थोनी फ्रान्कोइस :७ गोल
ओलावाले आफिज : ६ गोल
सुनिल बल : ६ गोल
आशिष लामा : ५ गोल
अजयी मार्टिन्स : ५ गोल

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४