Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टी-२० अन्तर्राष्ट्रियमा कुशलले बनाए शतक, पूर्वकप्तान पारससँग रेकर्ड बराबर


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ७ २०७८
  • 6.6K
    SHARES

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरेका छन् ।

ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत फिलिपिन्सविरुद्ध आज भएको खेलमा कुशलले करियरको पहिलो अर्धशतक प्रहार गरे ।

भुर्तेलले ५६ बल खेल्दै ५७ बल खेल्दै १३ चौका र एक छक्का मद्दतमा शतक पूरा गरेका हुन् । यस शतकपछि कुशल भुर्तेलले नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा ५० भन्दा माथिको स्कोर पाँचपटक बनाउने पूर्वकप्तान पारस खड्काको कीर्तिमान बराबरी गरेका छन् । कुशलले यसअघि चार अर्धशतक प्रहार गरिसकेका छन् ।

सन् २०२१ मा नेपालमै भएको त्रिकोणात्मक टी-२० सिरिजबाट डेब्यु गरेका कुशलले ८ खेल खेल्दा नै यो उपलब्धि हासिल गरेका हुन् । कुशल टी-२० आईमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडीसमेत बने । यसअघि पारस र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् ।

पूर्व कप्तान पारसले पनि एक शतक र चार अर्धशतक प्रहार गरेका थिए ।

फिलिपिन्ससँगको खेलमा दीपेन्द्रले पनि अर्धशतक पूरा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४