काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व-अर्थमन्त्री डा.रामशरण महतले एमसीसी सम्झौता रोकिएमा नेपालले दुःख पाउने दावी गर्नुभएको छ ।
यस विकास परियोजनाबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै उहाँले एमसीसीका कारण नेपालको स्वाधीनतामा कुनै हस्तक्षेप नहुने जिकीर समेत गर्नुभएकाे हाे
नेपाली कांग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे प्रष्ट पार्दै डा. महतले एमसीसीको कार्यान्वयन नेपाल सरकार मातहतको एमसीए नेपालले गर्ने भएकोले अमेरिकी हस्तक्षेप हुनै नसक्ने बताउनुभयो ।
इण्डो प्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नभएको दाबी गर्दै उहाँले २००४ मा अमेरिकी संसदबाट पारित यस परियोजनासँग नेपाल २०१२ देखिनै प्रत्यक्ष-अप्रत्यक्षरूपमा जोडिएको जानकारी दिनुभयो। २०१८ मा आएको इण्डो प्यासिफिक रणनीतिसँग यसलाई जोड्नु अर्थहीनभएको उहाँको भनाइ छ ।
एमसीसी कुनै देशविरुद्धमा नभएको जिकीर गर्दै एमसीसी बीआरआई वा चीन विरुद्ध नरहेको पनि प्रष्ट गर्नुभयो । फागुन १६ गतेभित्र संसदले एमसीसी अनुमोदन नगरे नेपाललाई गम्भीर क्षति हुने चेतावनी समेत दिनुभएकाे छ ।