Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तेस्रो लिंगी हत्यामा संलग्नलाई जीवित रहेसम्म कैद


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २१ २०७८
  • 3K
    SHARES

हेटौंडा । हेटौंडामा तेस्रो लिंगीको हत्यामा संलग्नहरूलाई जिल्ला अदालत मकवानपुरले कैद र जरिवानाको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल ईजलासले उनीहरूलाई कैद र जरिवानाको फैसला गरेको हो ।

न्यायाधीश श्रेष्ठको इजलासले तेस्रो लिंगीको हत्यामा संलग्न सुशिल थापा, बुद्ध लामा र आशिष बललाई जवरजस्ती करणी, कर्तव्य गरी हत्याको आरोपमा जीवित रहेसम्म कैद र डाँकाको कसुरमा ९ वर्ष कैद र ९० हजार जरिवानासहित पीडित परिवारलाई जनही ३ लाख रुपैयाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ ।

त्यस्तै, शव लुकाउने कसुरमा सिमोन परियारलाई ४ वर्ष कैद, डाकाको कसुरमा ९ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।

यसैगरी, हत्यामा संलग्न एक नाबालकलाई १६ वर्ष ८ महिना कैद, डाका कसुरमा ९ वर्ष कैद र ६० हजार जरिवाना तथा पीडित परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।

यसैगरी, अदालतले तेस्रो लिंगीको चोरी भएको मोबाइल प्रयोग गर्ने डोलमाया तामाङलाई पनि एक वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको छ । अदालतले पीडितको परिवारलाई पीडित राहत कोषबाट थप ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको निमित्त श्र्रेस्तेदार अमृत घिमिरेले जानकारी दिनुभयो ।

२०७६ साल माघ ४ गते बिहान कान्तिलोकपथस्थित हेटौंडा ५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा हेटौंडाकै एक तेस्रो लिंगीको शव फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४