Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भौतिक पूर्वाधार मन्त्री यादवद्वारा आफ्नो बचाउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १० २०७८
  • 2.9K
    SHARES

काठमाडौं । जनमत पार्टीका नेता सीके राउतलाई ज्यान मार्ने धम्की दिएपछि विवादमा पर्नु भएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो बचाउ गर्नु भएको छ ।

उहाँले आफूले कसैप्रति हिंसाको प्रयोग गर्नेगरी अभिव्यक्ति नदिएको जिकिर गर्नु भएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै यादवले आफूले कसैलाई उत्तेजित पार्ने अभिव्यक्ति नदिएको प्रष्टीकरण दिनु भएको हो ।

माघ ५ गते रौतहटको गौरमा बलिदानी दिवसका अवसरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति लक्षित गर्दै उहाँले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिनु भएको थियो ।

त्यसपछि नागरिक समूह, विभिन्न राजनीतिक दलले यादवको अभिव्यक्तिको विरोध गर्दै आएका छन् । हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवलाई पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रहसमेत गरिएको छ ।

गौरमा आयोजित सभामा दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले अपब्याख्या गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उहाँले सो वक्तव्यलाई अतिरञ्चित नगरिदिन आग्रह गर्दै व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएको भए दुःख व्यक्त गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४