
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले सरकार र पार्टीले राम्रो ढंगले काम गर्न नसकेको भन्दै यसको समीक्षा गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रबार नेता नेपालको अगुवाइमा राजधानीमा भएको ‘चियापान कार्यक्रम’ भेलामा उनले भने- ‘सचिवालयको प्रदेश कमिटी गठन निर्णय मलाई मान्ने नभएकाले आजै औपचारिकरुपमा असहमति दर्ज गरेको छु ।’
गत साता नेकपा सचिवालयको बैठक बसेको थियो । सो बैठकले सातवटै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरु मनोनयन गरेको थियो ।
नेपालले तत्काल स्थायी कमिटीको बैठक बोलाउन पार्टी नेतृत्वसँग मागसमेत गरेका छन् । ‘मैले स्थायी कमिटीको बैठक बोलाउन माग गरेको छु, । भन्दै नेता नेपालले स्थायी कमिटीका सदस्यहरुलाई चियापानमा सहभागी हुन आग्रह गरे ।
भेलामा अर्का शीर्षनेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र सुवास नेम्वाङसमेत सहभागी थिए ।
नेता नेपालले प्रदेश कमिटी बनाउने निर्णय स्थायी कमिटीको बैठकबाट हुनुपर्ने भन्दै सचिवालयको निर्णय आफूलाई मान्य नहुने बताएका छन् ।
यस अघि बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचारमुक्त प्रशासन चाहन्थे। तर सात महिनामा जनतालाई सुशासनको अनुभूति हुन नसकेको बताएका थिए । वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्नमा चुकेको नेता नेपालले बताएका थिए ।
उनले विकास निर्माणमा ठेकेदारले गुणस्तरहीन काम गरेको तथा जनताको जनजीविकासँग जोडिएको गाँस, बास कपास, शिक्षा, स्वास्थ्य र सुरक्षामा सन्तोषजनक उपलब्धि प्राप्त हुन नसकेको जनाएका थिए ।

बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ‘विकास निर्माणमा आबद्ध ठेकेदार बेपत्ता हुनु, कालोसूचीमा परेका भ्रष्टहरु पुरस्कृत हुनु र महिला हिंसा बढ्दै जानु’ सरकारप्रतिको जनविश्वास गुम्दै गएको बताएका थिए। । संसद्का बैठकमा सांसदहरुले सरकारको काम कारवाहीप्रति गरेका ध्यानाकर्षणका विषय सफलतापूर्वक कार्यान्वयन हुन नसक्नुले पनि सरकारप्रति जनताको नकारात्मक प्रभाव बढ्दै गएको नेता नेपालको गुनासो थियो ।
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।===================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
प्रतिकृया दिनुहोस