Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीलाई साँघुरो भयो पेरिसडाँडा, ब्यांक्वेटमा बोलाइयो केन्द्रीय समिति बैठक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १९ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । अपुरो केन्द्रीय समिति घोषणा गर्दै आठौं राष्ट्रिय महाधिवेशन अन्त्य गरेको नेकपा माओवादी केन्द्रले आज पदाधिकारी चयनको तयारी गरेको छ । आज अपराह्न तीन बजे नवनिर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बसेर पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ ।

तर अपुरो केन्द्रीय समितिलाई नै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा साँघुरो भएको छ । त्यसैले सानेपा हाइटस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको छ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पार्टी कार्यालय पेरिसडाँडामा नअट्ने भएकाले सानेपा हाइटको ब्यांक्वेटमा बैठक बस्ने जानकारी दिए । माओवादीले २०६६ सालदेखि पेरिसडाँडालाई केन्द्रीय कार्यालयका रुपमा प्रयोग गर्दै आएको छ ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सोमबार बस्ने केन्द्रीय समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत पदाधिकारी चयन गर्ने जानकारी आइतबार दिएका थिए । माओवादीको विधान अनुुसार केन्द्रीय समिति २९९ सदस्यीय छ । तर महाधिवेशनले खुलातर्फ १११ र समानुपातिक १२५ जना केन्द्रीय सदस्यहरुको नाम मात्र सर्वसम्मतिले पास गरेको छ ।

बाँकी ६३ जना र विधानले थप गर्न मिल्ने १५ प्रतिशत केन्द्रीय सदस्य चयन गर्नै बाँकी छ । केन्द्रीय समितिले पूर्णता पाउँदा कोटेश्वरको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालय झन् साँघुरो हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४