आज दिउँसो दुई बजे नेपाल पर्यटन बोर्डको सभा हलमा औपचारिक समारोह आयोजना गरेर प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट पुरस्कार वितरण गर्न लागिएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।
पुरस्कारको राशी एक लाख ११ हजार एक सय ११ रुपैयाँ र प्रमाणपत्र छ ।
मानव अधिकार पुरस्कार वितरण कार्यविधि २०७८मा लेखिएअनुसार मानव अधिकारको संरक्षण र संवद्र्धनको क्षेत्रमा योगदान पुर्याएको एक व्यक्ति र एक संस्थालाई हरेक वर्ष मानव अधिकार पुरस्कारबाट सम्मान गरिन्छ । पुरस्कारको घोषणा हरेक वर्ष डिसेम्बर १० तारिखको दिन गरिन्छ ।
एकपटक पुरस्कार पाएको व्यक्ति वा संस्था कम्तिमा पाँच वर्ष पूरा नभइ पुनः पुरस्कार छनोट प्रक्रियामा समावेश हुन पाउने छैन ।
