Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओमिक्रोनको त्रासका बीच नेदरल्याण्डमा अहिलेसम्मकै कडा लकडाउनको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ४ २०७८
  • 3.6K
    SHARES

नेदरल्याण्डले ओमिक्रोनको त्रासका बीच क्रिसमसमा कडा लकडाउनको घोषणा गरेको छ ।अति आवश्यकमा नपरेका पसल, बार, जिम, हेरयड्रेसर र अन्य सार्वजनिक संस्था जनवरीको मध्यसम्म बन्द हुनेछन् । चार दिनको बिदामा प्रत्येक घरमा दुईजना व्यक्तिलाई पाहुना लाग्न अनुमति दिइने छ ।प्रधानमन्त्री मार्क रुथले यी उपायहरु अपरिहार्य भएको बताए ।कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट अत्यधिक रुपमा फैलिन सुरु भएपछि युरोपेली देशले प्रतिबन्धलाई कडा पारेका छन् ।हालसम्मकै सबैभन्दा कडा मानिएको नेदरल्याण्डको नयाँ नियम आइतबारदेखि लागू हुनेछ ।

‘म आज यहाँ निकै उदास मूडमा उभिइरहेको छु, मलाई हेरिरहेका धेरै मानिसले पनि यस्तै महसुस गर्नेछन्,’ रुथले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने । ‘यसलाई एक शब्दमा भन्नुपर्दा, नेदरल्याण्डमा भोलिदेखि लकडाउन लागू गरिनेछ ।

नयाँ नियम अनुसार मानिसलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरिएको छ । १३ वर्ष र सोभन्दा माथिका दुई जनालाई आफन्तकोमा जान अनुमति दिइनेछ । यस्तै २४ र २६ डिसेम्बर र नयाँ वर्षको पूर्व सन्ध्या र नयाँ वर्षको दिनमा चारजना व्यक्ति आफन्तको घरमा जान पाउनेछन् ।

अन्तिम संस्कार, ग्रोसरी बेच्न साप्ताहिक रुपमा लाग्ने बजार र दर्शक बिनाका व्यावसायिक खेल प्रतियोगिताबाहेक अन्य कार्यक्रमका लागि अनुमति दिइने छैन ।

जनवरी ९ सम्म सबै स्कूल बन्द हुनेछन् भने लकडाउनका अन्य प्रतिबन्ध १४ जनवरीसम्म लागू हुनेछ । रेष्टुरेन्ट टेकअवे सेवाका लागि खुल्ला रहन सक्नेछ र अति आवश्यकतामा नपरेका पसलले ‘क्लिक एण्ड कलेक्ट’ को अफर प्रदान गर्न सक्नेछन् । ‘मैले अब नेदरल्याण्डको सुस्केरा पूर्ण रुपमा सुन्न सक्छु । यो समय क्रिसमसको ठ्याक्कै एक हप्ता अघिको हो । यो यस्तो क्रिसमस हो जुन हामीलाई मनपर्ने भन्दा ठिक विपरित छ,’ रुथले भने ।

उनले थपे, ‘तर यसो नगरिएको खण्डमा अस्पतालमा अव्यवस्थित स्थिति निम्तिन सक्छ ।’ केही हप्तासम्म नेदरल्याण्डका हस्पिट्यालिटी एण्ड कल्चरल भेन्यूमा कर्फ्यू नै लगाइएको थियो । डच नेशनल इन्स्टिच्यूट फर पब्लिक हेल्थले कोरोना महामारी सुरु भएदेखि यहाँ २९ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको र २० हजार बढीको मृत्यु भएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४