Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घरेलु मैदानमा पुलिसमाथि मनाङ विजयी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३ २०७८
  • 4.5K
    SHARES

काठमाडौं । शहीद स्मारक ए डिभिजन अन्तर्गत पोखरामा शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबललाई ३-१ ले पराजित गरेको छ ।

घरेलु मैदान पोखरामा भएको खेलमा मनाङलाई जिताउन अञ्जन विष्टले दुई र निशान लिम्बुले एक गोल गरे । पुलिसका लागि सुमन लामाले सान्त्वना गोल गरे । घरेलु दर्शकको साथ पाएको मनाङका लागि १० औं मिनेटमा डिफेन्डर दिनेश राजवंशीको पासमा अञ्जनले गोल गरे । तर, खेलको ३५ औं मिनेटमा पुलिसले गोल फिर्ता गर्दै खेल बराबरीमा ल्याएको थियो ।

मनाङका खेलाडीले डिबक्स क्षेत्रमा फाउल गर्न पुग्दा पुलिसले पेनाल्टी पाएको थियो । जसको सदयुपयोग गर्दै पुलिसका सुमन लामाले खेललाई बराबरीमा फर्काएका थिए । खेलको ७३ औं मिनेटमा डिबक्स नजिकै पुलिसका खेलाडी सन्तोष हेमरुनले बल हातले छुँदा मनाङले फ्रिकिक पाएको थियो । सोही फ्रिकिकको उपयोग गर्दै अञ्जनले दोस्रो गोल गरे ।

खेलको ८३ औं मिनेटमा मनाङकै निशान लिम्बुले तेस्रो गोल गरे । पुलिसका गोल रक्षकले बचाएको बल ‘रिबाउन्ड’ हुँदा उनले सुन्दर गोल गरे । खेलपश्चात मनाङका मुख्य प्रशिक्षक तेपे फुजाले पुलिससँगको खेल प्रतिस्पर्धात्मक भएपनि जित हासिल गर्न सफल भएको बताए ।

उनले पहिलो हाफमा मनाङको खेलमा केही कमजोरी भएपनि दोस्रो हाफमा भने सुधारेको सुनाए । ‘दोस्रो हाफमा हामीले खेल सुधार्‍यौं । सही स्थान लियौं । त्यसैले पुलिसमाथि जित निकाल्न सहज भयो,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४