नेविसंघको २५ औं महाधिवेशनको उद्घाटन गर्ने बेला १२ नै अन्योलमा :- रत्नहरी ढुंगेल , केन्द्रिय सदस्य , नेविसंघ ।
जन न्युज नेपाल खबर डट कम प्रतिनिधि काठमाडौं श्रावण ३१गते बिहीबार :-
नेपाल विद्यार्थी संघकाे विधानत समयमा अधिबेशन हुने हाे भने उमेरको समस्या कहिल्यै अाउदैन । हरेक दुई बर्षमा नियमित अधिबेशन गराउने हाे भने अहिलेको युगमा कोहिपनि ३२ बर्षकाे उमेर सम्म नेविसंघ कुरेर बस्दैन भन्दै ढुङ्गेलले समस्या उमेरमा हाेइन नेतृत्वको प्रवृतिमा रहेको बताउनु भयाे । उमेर अलमलाउने बहानाबाजी हो , उमेर हदबन्दीको बिषयमा सबैजना आआफ्नो स्वार्थ अनुसार बोलिरहेका छ्न , आफ्नो हैन स्वार्थ त संगठनको हेर्नुपर्ने हो , हामी यहीँ चुकेका छौं । यहि नेविसंघ हो नबिन्द्रराजजोशी २२ बर्सको उमेरमा महामन्त्री बन्नुभएको यहि नेविसंघमा एन पि साउथ 28 बर्समा केन्द्रिय अध्यक्ष हुनुभयो र पछिल्लो चरणमा आयर पनि प्रदिप पौडेल ३२ बर्सको उमेरमा नै निर्वाचित केन्द्रिय अध्यक्ष बन्नुभएको थियो । त्यो बेला उमेरको कुनै कुरा आएको थिएन संगठनमा स्पिरिट थियो नेविसंघ नेविसंघ जस्तो थियो संघको छुटै मौलिकता देखिएको थियो र उहाँहरु बन्नुभयो भन्दै ढुंगेलले राजनीति सधैं बाठहरुको खेल बन्नेगरेको र उनिहरुले नेविसंघमा पनि उमेरको कार्ड फालेर संगठनलाई बिभाजित बनाउन खोजेको र यसबाट सबैको ध्यान मुख्य बिषयबस्तु छाडेर अन्यत्र मोडेको बताउनुभयो ।
यसअघि ८ बर्षसम्म चुनाव हुन नसकेर अाएकाे नेविसंघ भित्रकाे,समस्या तुरुन्तै लगाईएकाे उमेर हदबन्दिले समाधान गर्न सक्दैन । त्यसकाे लागि त अबकाे अधिबेशन कुनै पनि अवस्थामा समयमा गराउनु पर्छ र अाउने पिडिलाइ सहज वातावरण सिर्जना गरि नेतृत्व हस्तान्तरण गर्नुपर्छ । नेविसंघ स्थापनको ४९ बर्षमा हामी १२ औं महाधिवेशनको कुरा गरिरहेका छौँ संगठनका लागी यो ठुलो दुर्भाग्य हो हामी आज २५ औं महाधिवेशनको वहसमा हुनुपर्ने हो नि । बिगतमा कहाँ कहाँ चुक्यौं कहाँ बाटो बिरायौं । समिक्षा गर्ने र सच्चिने बेला हो यो तर तेस्तो देखिएन अहिलेपनी झनै रुमल्लिने स्थिति देखिरहेको छु । एत्रो लोकतन्त्रका लागी लडेको नेपाली कांग्रेसको भातृसंस्था हैन नेविसंघ ? लोकतान्त्रिक आन्दोलनमा स्वयं नेविसंघको भुमिका निर्णायक थियो नि अनि दुनियाँलाई लोकतान्त्रिक विचार प्रवाह गर्नुपर्ने संगठन भित्र नै लोकतन्त्र हराएको छ यो कस्तो बिडम्मना । अधिबेशन हुन्छ कि हुंदैन भन्ने स्थितिमा आइपुग्नु नि दुर्भाग्य हो यो त संगठनको नियमित प्रक्रिया हो , प्राण हो , स्वास हो । के जिवित मान्छेले स्वास फेर्छ कि फेर्दैन भन्ने गरिन्छ र ? फेर्नैपर्छ नि , संगठनका पनि नियमित प्रक्रिया स्वास जस्तै अनिवार्य हुन्छन् ।उमेरहद लगाएर वा नलगाई जुनै सर्तमा पनि नेविसंघको विधिवत महाधिवेशन हुनुपर्छ । महाधिवेशन को विकल्प महाधिवेशन नै बन्नुपर्छ । जब मानिसको स्वास्थ गडबड हुन्छ अनि विधी चाहिन्छ के कति कुन समयमा खाने भनेर स्वस्थ रहुन्जेल जे गर्दा नि हुन्थ्यो हो नेविसंघ पनि हिजो स्वस्थ थियो नेताहरुले धेरै मनोमानी गरे , संगठनले धान्यो अब धान्न सक्दैन किनकी आफ्नो स्वस्थता गुमाइसकेको छ । अब तङ्ग्रन केहि समय लाग्छ तेतिन्जेल कसैले व्यक्ति स्वार्थको लहडमा नेविसंघभित्र नखेले हुने नत्र ठुलो प्रश्न उठ्नेछ । क्याम्पस , जिल्ला , क्षेत्र विश्वविद्यालय कांग्रेस उत्पादनको कारखाना हो कति धेरै भद्रगोल छ त्यहाँ खै ध्यान , नेतृत्व त उल्टो बाटो हिँडेको छ । पार्टी संगठनप्रती संवेदनहिन , गैरजिम्मेवार । उहाँले नेपाली कांग्रेस पार्टीभित्र क्षमता भन्दा पनि दासता प्रधान बन्दै गएको र अवसर क्षमताले हैन दासहरुले (एस् म्यान) पाउने गरेकोले अहिले कांग्रेसप्रती ठुलो बिकर्षण पैदा भएको बताउनुभयो ।
नियमित हुने अधिबेशनले नै नेविसंघमा नया नेतृत्व जन्माउन सक्छ टिकाटालाले त नेता हैन दास जन्माउँछ । अहिले भैरहेकाे केन्द्रीय कार्यसमितिकाे गतिविधि निराशाजनक छ म पनि त्यसको भागेदार हुँ धेरै बैठक छलफलमा भनेको थिए हामी असफल हुँदै छौँ भनेर आखिर तेस्तै देखियो नि । कसैको स्वार्थले संगठन बन्दक हुनु नहुने हो तर यहाँ त्यही भयो । कतिपय जिल्ला , क्याम्पस र विश्वविद्यालयको अधिबेशन नभएको दशक भैसकेको छ धेरै विद्यार्थीले आफ्नो पढाइ सकेर पासिङ आउट हुँदा सम्म नेविसंघको सदस्यता देख्न पाएनन् । यो कत्रो अविवेक हो हाम्रो । अबपनि टिके प्रथा थेग्ला नेविसंघले ? बाँस रहन्जेल मात्र बाँसुरी जसरी बजाएपनी हुन्छ । त्यसैले अब कार्यशैली बदल्दै यथाशीघ्र ईकाइ – इकाईमा अधिबेशनबाट नेतृत्व चयन गरौं । नेविसंघलाई विद्यार्थीहरुको भरोसायोग्य संगठन बनाऔं । बिगतको भन्दा परिस्थिति भिन्न भैसक्यो नेपाल विश्वको छैटौं कम्युनिष्ट देश भनेर आईसक्यो अब संसारका देशहरुले नेपाललाई यहि दृष्टिकोणबाट हेर्दै छन हमि त यसलाई चिर्नपो लाग्नुपर्ने त कहाँ अल्झिरहेका छौँ । कत्रो ठुलो भुल भैरहेको छ । अब पनि निदाउने ? होसमा आउनु पर्दैन ?
हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।===================================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”Jananewsnepal khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२