Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“साफ यू-१९ महिला च्याम्पियनसिप : “भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा” “फाइनल पुग्न भारतसँग बराबरी खेले पुग्ने”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३ २०७८
  • 6K
    SHARES

काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको छ । लगातार दोस्रो जितपछि आयोजक बंगलादेश समान सात अंक जोडेको नेपाल गोल अन्तरमा अघि रहेर शीर्ष स्थानमा उक्लेको छ र फाइनल नजिक पुगेको छ । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक/एक गोल गरिन् ।

मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् ।  कुशुमले १८औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन् ।  रजनीले नेपाललाई २१औं मिनेटमा ३–० को अग्रता दिलाइन् । मेनुकाले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् । नेपालसँग पराजित भएपछि चार खेलबाट तीन अंक मात्र रहेको भुटान फाइनल होडबाट बाहिरिएको छ । यस्तै श्रीलंका पनि बाहिरिसकेको छ ।

नेपालले अब लिगको अन्तिम खेलमा आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा बराबरी खेले पनि नेपाल फाइनल पुग्नेछ । नेपालले यसअघि बंगलादेशसँग बराबरी खेल्दा श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । भारत ३ मध्ये २ खेल जित्दै ६ अंक जोडेर तेस्रो स्थानमा छ । आइतबारै बंगलादेशले श्रीलंकासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४