Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फुलकोर्ट बैठक : उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रिया थाल्ने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २९ २०७८
  • 7.7K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतले देशभरका उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रियाबाट पेशी व्यवस्थापनको गृहकार्य थालेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराबाहेकका सबै न्यायाधीशहरुको बुधबारको पूर्ण बैठकले त्यसका लागि अध्ययन गर्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ । निर्णयको प्रति हस्ताक्षरका लागि प्रधानन्यायाधीश जबरासमक्ष पठाइएको सर्वोच्च अदालत स्रोतले बतायो ।

बुधबारको पूर्ण बैठकले जिल्ला अदालत र उच्च अदालतमा गोला प्रक्रिया शुरु गर्नका लागि कुनकुन नियमावलीमा कसरी संशोधन गर्न आवश्यक छ भन्नेबारेमा अध्ययन गर्न प्रशासनमा निर्देशन दिने निर्णय गरेको छ’ सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘उनीहरुले दिएको प्रतिवेदनका आधारमा नियमावली संशोधन अघि बढाइ गोला प्रक्रिया शुरु गर्ने कानूनी तयारी हो ।’

स्रोतका अनुसार, न्यायाधीशहरुले उच्च र जिल्ला अदालतहरुमा माघको पहिलो सातादेखि गोला प्रक्रिया शुरु गर्न सकिने आँकलनका साथ तयारी थालेका छन् ।

न्यायाधीशहरुले गोला प्रक्रियाको शुरुवातका लागि उच्च अदालत र जिल्ला अदालत नियमावलीमा गर्नुपर्ने संशोधनका बारेमा छलफल गरेका थिए । उच्च अदालतमा धेरै न्यायाधीश हुने हुनाले सर्वोच्च अदालतमा जस्तै इजलास गठनका लागि गोला प्रक्रिया गर्नुपर्छ र फेरि मुद्दा छान्न अर्को गोला तान्नुपर्छ ।

तर जिल्ला अदालतमा एकजना न्यायाधीशको मात्रै इजलास गठन हुने भएकाले केवल न्यायाधीशले गोला तानेमात्रै पुग्छ । यसबारे न्यायाधीशहरुले निर्णय गरेर त्यो प्रस्ताव प्रधानन्यायाधीशसमक्ष पुर्‍याएका हुन् ।

सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, अझै पनि तल्लो तहका अदालतमा चलखेलको प्रयास गर्न पाइने भएकाले प्रधानन्यायाधीश जबरा तत्काल जिल्ला र उच्च अदालतमा गोला प्रक्रिया शुरु गर्ने विषयमा अनिच्छुक छन् । तर उनको सचिवालयले यसबारे कुनै औपचारिक धारणा सार्वजनिक गर्न चाहेन ।

सर्वोच्च अदालत स्रोतले भन्यो, ‘उहाँकै कारण तल्लो तहका अदालतमा गोला प्रक्रिया अघि बढ्न नसके अरु न्यायाधीश र नेपाल बार एशोसिएसनसँग समेत थप द्वन्द्व हुने सम्भावना छ । हेरौं कसरी प्रक्रिया अघि बढ्छ ?’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४