Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै उम्मेदवारले जित्दैनन् : विमलेन्द्र निधि


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २६ २०७८
  • 1.6K
    SHARES

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले दोस्रो चरणको चुनाव भएमा आफूले शेरबहादुर देउवालाई नसघाउने घोषणा गर्नु भएको छ ।

भृकुटीमण्डपमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा निधिले पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नकटाउने भन्दै दोस्रो चरणमा देउवा इतरका सबै प्रत्यासी एक ठाउँमा उभिने बताउनुभयो ।

दोस्रो चरणमा सभापतिका लागि मतदान गर्ने स्थिति बनेमा आफूसहित सभापतिका अन्य उम्मेदवारहरूले जसको बढी मत आउँछ उसैलाई सघाउने उहाँले बताउनुभयो ।

रामचन्द्र पौडेललाई सभापतिमा निर्विरोध प्रस्ताव गरेको भए पार्टीको तल्लो तहमा नयाँ सन्देश जाने निधिको भनाइ थियो । सहमतिका लागि निर्वाचन कार्यक्रम एक दुई दिन स्थगित गरेर अझै पनि पौडेलको नाममा सहमति गर्न सकिने ठाउँ रहेको उहाँले बताउनुभयो ।

कांग्रेस महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुने दाबी गर्दै निधिले त्यतिबेला कांग्रेसभित्रबाट वा पाँच दलको कुनै नेता प्रधानमन्त्री हुने जिकिर गर्नुभयो । यसअघि देउवा गुटमा नै रहेका निधिले दोस्रो चरणमा देउवालाई सघाउन सक्ने अनुमान गरिँदै आएको थियो । तर, सबैको अनुमानविपरीत निधिले दोस्रो चरणमा देउवाइतर समूहसँग मिल्ने खुलासा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४