Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको संस्थापन समूहले टुंग्याउन सकेन पदाधिकारीका उम्मेदवार


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २२ २०७८
  • 7.8K
    SHARES

, काठमाडौं । पार्टीको १४ औं महाधिवेशनका लागि पदाधिकारीका उम्मेदवार टुंगो लगाउन बसेको नेपाली कांग्रेसको संस्थापन समूहको बैठक निष्कर्शविहीन भएको छ ।

बुधबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहमा पदाधिकारीका आकांक्षी नेताहरुसँग छलफल गरेका थिए ।

देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकमा आकांक्षी धेरै भएपछि सहमति जुट्न नसकेको एक नेताले बताए । सभापतिमा देउवाको उम्मेदवारी निश्चितजस्तै भएपनि अन्य पदाधिकारीका उम्मेदवारको टुंगो लगाउन संस्थापन समूहमा सकस छ ।

बैठकमा सहभागी नेताहरुले आफ्नो उम्मेदवारीका बारेमा धारणा राखेका थिए । उपसभापति विजयकुमार गच्छदारले आफू सभापतिबाहेक दोस्रो पदका लागि दावेदार भएको बताए । उनले भने, ‘सभापतिमा मेरो इच्छा छैन तर त्योभन्दा दोस्रो पदमा मेरो दावी रहन्छ ।’ तर गच्छदारले उपसभापति पदमै उम्मेदवारी रहनेबारे प्रष्ट नबोलेको बैठकमा सहभागी एक नेताले बताए ।

संस्थापन समूहबाट महामन्त्रीमा हालका सहमहामन्त्री डा. प्रकाशरण महत, नेताहरु बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की र विश्वप्रकाश शर्मा छन् । बैठकमा पाँचै जनाले महामन्त्रीमा दावी गरेका थिए ।

त्यस्तै सहमहामन्त्रीमा खस आर्यतर्फबाट किशोर सिंह राठौर, मधेशीबाट अजय चौरासिया र महेन्द्र यादव, महिलाबाट डा. डिला संग्रौला र महालक्ष्मी उपाध्याय डिनाले दावी गरेका छन् भने पुष्पा भुसालले पनि पदाधिकारीमा दावी गरेको संस्थापन पक्षका एक नेताले बताए ।

पदाधिकारीका आकांक्षी धेरै भएपछि बिहीबार फेरि बस्ने गरी बैठक सकिएको छ ।

आकांक्षीको नाम सिफारिस गर्न नेताहरुलाई जिम्मेवारी

संस्थापन समूहले सात वटै प्रदेशका केन्द्रीय सदस्यहरुलाई आआफ्नो प्रदेशबाट पदाधिकारी र केन्द्रीय सदस्यको नाम सिफारिस गर्ने जिम्मेवारी दिएको छ ।

‘प्रदेश अध्यक्ष र उम्मेदवारसँग पनि परामर्श गरेर नेताहरुलाई आकांक्षीको नाम सिफारिस गर्न भनिएको छ,’ कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले  भनिन्, ‘बिहीबार १२ बजेसम्म नाम दिन भनिएको छ । त्यसपछि बैठक बसेर अन्तिम टुंगो लगाइन्छ ।’

कांग्रेस महाधिवेशन शुक्रबार (मंसिर २४ गते) उद्घाटन हुँदैछ । मंसिर २५ गते उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका छ । तर कांग्रेसमा संस्थापन र इतर दुबै पक्षले अझै उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४