Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३७ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि सुस्तायो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २१ २०७८
  • 5.2K
    SHARES

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक पुनः घटेको छ । आइतबार ७२ अंकले घटेको परिसूचक सोमबार तीव्र उतारचढाव पछि ३२ अंकले बढेको थियो । मंगलबार भने ३७ दशमलव १८ अंकले घटेर २ हजार ५ सय ८ दशमलव ९० अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ८६ अंकले घटेको छ । नेप्से परिसूचकसँगै शेयर कारोबार रकममा पनि सुस्तता आएको छ । सोमबार साढे चार अर्ब माथिको शेयर कारोबार भएकोमा मंगलबार ३ अर्ब १२ करोडमा रोकिएको छ ।

दिनभर भएका ४९ हजार ७४१ कारोबारबाट २३१ कम्पनीका ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट शेयर कारोबार ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँमा रोकिएको छ ।

मंगलबार बजार शुरु भएको केहीबेर नेप्से परिसूचक बढेको थियो । कारोबार शुरु भएको पहिलो घण्टासम्म सकारात्मक नै रहेको नेप्से परिसूचक त्यसपछि भने घट्ने क्रम शुरु भयो । अन्ततः बजार बन्द हुँदा ३७ अंकले घट्यो ।

समग्रमा बजार घटे पनि व्यापार समूहमा रहेका कम्पनीहरुको शेयर मूल्य बढेको छ । केही कम्पनीहरुको राम्रो मूल्य बढ्दा यो समूहको सबइन्डेक्स २१ दशमलव ५३ अंकले बढेको छ ।

म्युचुअल फण्ड पनि झिनो अंकले बढेको छ भने बाँकी सबै समूहमा रहेका अधिकांश कम्पनीहरुको शेयर मूल्य घटेको छ । धेरै गुमाउनेमा मंगलबार फाइनान्स र विकास बैंकका शेयरधनीहरु देखिएका छन् । फाइनान्स समूह ४ दशमलव ८६ प्रतिशतले घट्दा विकास बैंक पनि करिब ३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४