Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आइतबारदेखि बाघ सर्वेक्षण सुरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १९ २०७८
  • 1.9K
    SHARES

चितवन, । आइतबारदेखि राष्ट्रिय बाघ सर्वेक्षण २०७८ सुरु भएको छ ।

प्रत्येक चार देखि पाँच वर्षमा हुने सर्वेक्षणको वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले सौराहाको एक कार्यक्रमकाबीच सुरु गर्नुभएको हो ।

बाघ गणनाका लागि प्रयोग गरिने क्यामेरा ट्रयापको स्वीच अन गरेर अभियानको सुरु गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकारले बाघ संरक्षणमा देखाएको चासो र कार्यक्रमले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्याउने लक्ष्य नजिक पुगेको दाबी गर्नुभयो ।

उहाँले लोपोन्मुख मांसाहारी जनावर भएकाले यसको संरक्षणमा प्रधानमन्त्रीको संयोजकत्वमा राष्ट्रिय बाघ संरक्षण समन्वय समित गठन भएको जानकारी दिनुभयो । मन्त्री यादबले संख्या बढेसँगै मानव वन्यजन्तुवीचको द्वन्द्व कम गर्न सरकारले कार्यक्रम र बजेट विनियोजन गर्दै आइरहेको बताउनुभयो ।

सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले बाघको संख्या दोब्बर पुर्याउने लक्ष्यमा सहमति जनाएको थियो ।

सो अनुसार नेपालले आफ्नो लक्ष्य भन्दा बढी बाघको संख्या पुगेको अनुमान गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले अहिलेको सर्वेक्षणले २५० वटा बाघ पुग्ने अनुमान रहेको जानकारी दिनुभयो । सन् २०१८ मा भएको सर्वेक्षण अनुसार नेपालमा बाघ संख्या २३५ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४