Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ पदाधिकारीको सपथ ग्रहण कमल थापाद्धारा बहिस्कार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १९ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित कमल थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण र प्रमाणपत्र वितरण समारोह बहिस्कार गर्नुभएको छ ।

राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङदेनसँग अध्यक्षमा पराजित थापा नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रममा अनुपस्थित रहनुभयो ।

नयाँ कार्यसमितिको आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको शपथग्रहण कार्यक्रममा पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीसहित सबै नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । १९ वर्षदेखि राप्रपाको निरन्तर अध्यक्ष रहनुभएका थापा आइतबार बिहान सम्मपन्न मतगणनामा लिङदेनसँग १९९ मतान्तरले पराजित हुनुभएको हो ।

लिङदेनले १८१७ मत ल्याउँदा थापाले १६१८ मत प्राप्त गर्नुभएको थियो । थापा २०६१ सालदेखि लगातार राप्रपाको अध्यक्ष हुनुहुन्थ्यो । थापाको पराजयसँगै राप्रपाको नेतृत्व पुस्तान्तरण भएको छ । लिङदेनको जितमा निर्मल निवास (पूर्वराजा)को हात रहेको थापाको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४