Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महेश आचार्य भन्छन् : नयाँ पुस्ताको एजेन्डा स्थापित गर्न उपसभातिमा मेरो उम्मेदवारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १८ २०७८
  • 4.8K
    SHARES

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले नेपाली कांग्रेसको उपसभातिमा उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्य आचार्य डाक्टर शेखर कोइरालाको लाइनमा छन् । उनी आउँदो पुस्ताको एजेण्डा स्थापित गर्न उपसभापतिमा उठ्ने बताए ।

‘हामीले नीति विचार कार्यक्रम आधिकारिक रुपमा प्रस्तुत गर्न सकेनौं,’ उनले भने, ‘महाधिवेशनले नीति कार्यक्रम, नेतृत्वको चयन गर्छ, यो ठाउँ(महाधिवेशन) मा नीति र बिचारमा आधारित नेतृत्व चयन गर्ने मौका गुमाएका छौं, यो दुर्भाग्य भयो, यसले अन्योल थप्छ ।

राष्ट्रका प्रमुख मुद्दालाई उठाएर त्यसको समाधान खोज्ने उदेश्यसहित उम्मेदवारी दिने उनको भनाइ छ । ‘जलवायु परिवर्तनका कारण गम्भीर संकट आउने अवस्था छ, यो नयाँ पुस्ताको विषय हो,’ उनले भने, ‘ हामी १०–१५ वर्षमा जीवनको उत्तरार्धमा पुग्छौं, तर जलवायु परिवर्तन यस्तो डिबेट हो । गहिरोसँग नेपालको पीडालाई अभिव्यक्त गर्दा सारा संसारले सुन्नुपर्छ ।’

उनले जलवायु परिवर्तनले संसारका थोरै मुलुकहरु मध्ये सबैभन्दा पहिला प्रभाव नेपाललाई पार्ने बताए । जलवायु परिवर्तनको समस्या सामधानका लागि आवाज उठाउनु पर्ने बताउँदै उनले पार्टी भित्र बहस सृजना गर्न उम्मेदवारी घोषणा गरेको बताए । ‘नीति र कार्यक्रमको बहस शून्य भएको छ,’  उनले भने,’ ‘यो विषयमा अहिले कांग्रेस जस्तो पार्टी मौन भएर बस्ने हो भने अरु कस्ले उठाउँछ, पार्टीको मात्र डिस्कर्सनको कुरा होइन, अरुपार्टीसँग सम्वाद गरौं देशलाई घचघच्याऊँ, छिमेकसँग कुरा गरौं ।’ आफूले कुनै कार्यकारी पदमा उठ्ने इच्छा नदेखाएको बताउँदै उपसभापतिमा उठेर राष्ट्रिय मुद्दालाई बहसमा ल्याउने बताए ।

‘म कुनै नेता रिजाउनका लागि लागेको पनि छैन,’ उनले भने, ‘ भोलि जो सभापति आउँछ,उसलाई बुझाउन सक्छु भन्ने आत्मविश्वास छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४