Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चमा शुक्रबारदेखि नियमित सुनुवाइ सुरु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १७ २०७८
  • 2.1K
    SHARES

काठमाडौं, । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै इजलाश बहिष्कारमा उत्रिएका न्यायाधीशहरुले शुक्रबारदेखि सबैखाले मुद्दाको नियमित सुनुवाइ सुरु गरेका छन् ।

सर्वोच्चमा पेशी व्यवस्थापनमा गोलाप्रथा लागु भएपछि शुक्रबारदेखि सबै किसिमको मुद्दामा सुनुवाइ सुरु भएको हो ।

कात्तिक ८ गतेदेखि प्रधानन्याधीश राणाको राजीनामा माग गर्दै इजलाश बहिष्कार गरेका न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणको मुद्धा मात्र सुनुवाइ गर्दै आइरहेका थिए ।

कानूनव्यवसायीहरु पनि प्रधानन्यायाधीश राणाले राजीनामा नदिएसम्म बहस नगर्ने भन्दै बहस छाडेका थिए । गोला प्रथाबाट पेशी तोकिएको तेस्रो दिन सर्वोच्च अदालतमा नियमित सुनुवाइ भएको हो ।

प्रधानन्यायाधीश राणा कोराना संक्रमण भएर अस्पताल भर्ना भएपछि नेपाल बारले कायममुकायम प्रधानन्यायाधीश नतोकिएको भन्दै प्रश्न उठाएपछि २ दिनसम्म इजलाश बस्न सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४