Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युरोपमा फेरि कहालीलाग्दो सैन्य टकराव हुनसक्ने रुसको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १७ २०७८
  • 3.4K
    SHARES

एजेन्सी । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युरोपमा फेरी पनि कहालीलाग्दो सैन्य टकराव हुनसक्ने चेतावनी दिएका छन् । अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सन्धी संगठन नेटोले युरोपमा आफ्नो विस्तारलाई जारी राखे स्वभाविक टकराव हुने रुसको दावी छ ।

स्विडेनमा युरोपली सुरक्षा संयन्त्रको बैठकमा बोल्दै लाभरोभले पूर्वी युरोपमा नेटो गठबन्धनको विस्तार रुसलाई मान्य नहुने बताए । साथै उउले नेटोको अस्वभाविक विस्तार रोक्न नयाँ ‘युरोपेली सुरक्षा सम्झौता’ को अवधारणा अघि सारे ।

सोही बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीन्कनले रुसले युक्रेनमाथि ज्यादती गरे गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी दिए । पछिल्लो सयम रुस र युक्रेनबीचको तनाव फेरी उत्कर्षमा पुगेको छ ।

रुसले झण्डै ९० हजार सेना आफ्नो सिमामा तैनाथ गरेको युक्रेनको आरोप छ । रुसले यसलाई अस्विकार गर्दै युक्रेनले नैं सैन्य गतिविधि बढाइरहेको दावी गरेको छ । आफ्नो भूमिमा जासुसी गरेको तथा आतंकवादी आक्रमणको योजना बनाएको आरोपमा रुसले हालै तीन जना यक्रेनका जासुसहरुलाई नियन्त्रणमा लिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४