Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमै मोबाइल उत्पादन गर्न अर्थमन्त्रीको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १५ २०७८
  • 2.4K
    SHARES

ठमाडौं, । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई आग्रह गर्नु भएको छ ।

उहाँले बढ्दो आयातलाई निरुत्साहित गरी नेपालमा उत्पादनका लागि सरकारले सहजीकरण गर्ने बताउनु भयो । नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सभामा मन्त्री शर्माले विभिन्न देशबाट अवैध रुपमा आयात हुने मोबाइल फोन रोक्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस तत्काल लागु गरी अवैध आयात रोक्ने समेत बताउनु भएको छ ।

विभिन्न देशबाट २५ देखि ३० प्रतिशत मोबाइल फोन अबैध रुपमा आयात भइरहेकोले यसलाई व्यवस्थित गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई व्यस्थित र औपचारिक रुपमा अघि बढाउनका लागि मोबाइलको अबैध आयात रोक्नैपर्ने बताउनुभयो ।

यस्तै नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले मोबाइल फोन बिलासिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताउनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले संस्थाको कानूनी अधिकारभित्र रहेर यही महिनाभित्र एमडिएमएस लागु गरी मोबाइल बजार व्यवस्थित गर्ने प्रतिबद्धता जनाउनु भयो । व्यवसायी दीपक मल्होत्राले मोबाइल व्यवसायलाई व्यवस्थित गर्न एमडिएमएसे अनिवार्य सर्त भएको बताउनुभयो ।

कार्यक्रममा ससस्त्र प्रहरी सुरक्षा बलका डिआइजी सिपी गजुरेलले पनि सीमा क्षेत्रमा हुने अबेध निकासी पैठारीलाई रोक्न संगठन तयार रहेको बताउनु भयो । नेपालमा वार्षिक २४ अर्ब ९० करोड बरावरको कारोबार हुने तथ्यांक छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४