Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माघ २८ मा सौगात र दीयाको ‘मन्त्र’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १४ २०७८
  • 4.1K
    SHARES

काठमाडौं । चलचित्र ‘मन्त्र’ को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारी र लकडाउनका कारण प्रदर्शनमा आउन नसकेको चलचित्रलाई निर्माण टिमले आगामी माघ २८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।

सोमबार निर्माण टिमले प्रदर्शन मितिसँगै चलचित्रको पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा चलचित्रका कलाकारहरु सौगात मल्ल, दीया पुन र बुद्धि तामाङ प्रस्तुत छन् ।

खिल बहादुर गुरुङ निर्देशित चलचित्रमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । ‘मन्त्र’ एउटा अर्गानिक फिल्म रहेको निर्देशक गुरुङले दाबी गरेका छन् । करिब ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्यामसम्म पुगेर छायांकन भएको फिल्ममा मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाइएको छ । ‘मन्त्र’ लाई हिमालयन लभ स्टोरी भनिएको छ ।

यस चलचित्रमा नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पा लगायतको पनि अभिनय छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको चलचित्रमा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी, साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४