Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मत नदिन भन्दै पर्चा बाँडिएकोप्रति भीम रावलले पोखे आक्रोश


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १४ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । नेकपा एकालेका नेता भीम रावलले चितवनमा जारी नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेका बेला भीम रावलसहित ११ जना उम्मेदवारलाई मत नदिन भन्दै पर्चा बाँडिएको प्रति आक्रोश पोख्नु भएको छ ।

नेता रावलले सामाजिक सञ्चाल ट्वीटरमा लेख्दै आक्रोश पोख्नु भएको हो । उहाँले मतदान स्थलमा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत कार्य गरेकोप्रति निन्दनीय भएको जनाउनु भएको छ ।

उहाँले मतदानस्थलमा आचारसंहिता विपरित कार्य भइरहेको बताउदै यसलाई रोक्न आयोग तथा सुरक्षाकर्मीलाई आग्रह समेत गर्नु भएको छ ।

उहाँ लेख्नुहुन्छ, ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु । उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ । यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’

मतदानस्थलमा भीम रावललगायतका ११ जना उम्मेदवारलाई मतदान नदिन भन्दै पर्चा बाडिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४