Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलायतमा गाईको गोबरबाट बिजुली उत्पादन, एउटा गाईको गोबरले ३ घर झलमल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ८ २०७८
  • 3.3K
    SHARES

गाईको गोबरको प्रयोगका बारेमा त हामीलाई थाहै होला । गोबरलाई मलखादको रुपमा तथा बायोग्याँस उत्पादनमा पनि प्रयोग गरिन्छ । हिन्दु धर्मशास्त्रमा त गाईको गहुँत र गोबरलाई पवित्र मानेर लिपपोतमा प्रयोग देखि पञ्चगव्यमा सेवन समेत गरिन्छ ।

हालै एकजना भारतीय डाक्टरले विभिन्न रोग निको पार्ने भन्दै गाईको गोबर खाएको समाचार सार्वजनिक भएको थियो । यी सबैका अलावा गाईको गोबरलाई अर्को निकै महत्वपूर्ण कार्यमा उपयोग गर्न सकिने पुष्टि भएको छ ।

हो, बेलायतका किसानहरूले गाईको गोबरबाट बिजुली उत्पादन गरेका छन् । किसानहरूको एक समूहले गाईको गोबरबाट यस्तो पाउडर तयार पारेका छन्, जसबाट ब्याट्री उत्पादन गरिएको छ ।

उनीहरुले एक किलोग्राम गोबरबाट यतिधेरै बिजुली उत्पादन गर्न सफल भएका छन् जसले लगातार पाँच घण्टासम्म भ्याकुम क्लिनर चलाउन सकिन्छ ।

बेलायतको आर्ला डेरीले यो चमत्कार गरेको हो । किसानको स्वामित्वको उक्त डेरीले गोबरको पाउडर बनाएर त्यसको ब्याट्री तयार गरेको हो । त्यो ब्याट्रीलाई काउ प्याट्री नाम राखिएको छ । AA आकारको गोबरको ब्याट्रीबाट साढे तीन घण्टासम्म लगातार कपडामा आइरन लगाउन पुग्दछ ।

ब्याट्री उत्पादक कम्पनी GP Batteries को दाबी अनुसार एउटा गाईको गोबरबाट वर्षभरीलाई ३ घरमा पर्याप्त बिजुली पुग्दछ । यस हिसाबले ४ लाख ६० हजार गाईको गोबरबाट १२ लाख घरमा बिजुली आपूर्ति ग्र्न सकिन्छ ।

अर्ला डेरीमा अधिकांस कार्यका लागि गोबरबाट उत्पादित बिजुलीको प्रयोग गर्न थालिएको छ । त्यस्तै बिजुली उत्पादन बाहेको फोहोरलाई मलखादको रुपमा प्रयोग गरिन्छ । रिपोर्ट अनुसार उक्त डेरीको स्वामित्वमा करीब ४ लाख ६० हजार गाई छन् । जसको गोबरलाई सुकाएर पाउडर तयार गरिन्छ र त्यसबाट ऊर्जा उत्पादन गरिन्छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४