Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्यायालयमा नौटंकी, खाली इजलाशमा वकील गरे बहस


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक २६ २०७८
  • 3.6K
    SHARES

काठमाडौं,। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा प्रकरणले सर्वोच्च अदालत अस्तव्यस्त बनेको छ ।

बीस दिनदेखि सर्वोच्च अदालतमा नागरिकका मुद्दाको सुनुवाई हुन नसकेको छैन भने सर्वोच्च परिसर भिडन्तस्थलका रुपमा परिणत हुँदै गएको छ ।

यसैक्रममा, न्यायाधीशहरुले इजलाश बहिष्कार गर्न नपाउने भन्दै नेपाल बार एशोसिएशनले गरेको आन्दोलनको समेत विपक्षमा रहेको वकीलहरुले भने खाली इजलाशमै गएर बहस गरेका छन् ।

प्रधानन्यायाधीश राणाले तोकेका इजलाश बहिष्कार गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरुको बेञ्चमा पुगेर उनीहरुले सांकेतिक रुपमा बहस गरेका हुन् ।

न्यायाधीश नै उपस्थित नभएको इजलाशमा पुगेर अधिवक्ता स्वागत नेपाललगायतले सांकेतिक बहस गरेका हुन् ।

३ नम्बर बेञ्चमा नेपालले बहस गर्दा बेञ्च नम्बर ४, ६ र ७ मा कृष्ण प्रसाई, अनील उपाध्याय, दीपेन्द्र घिमिरे, श्रीधर न्यौपाने, पृथ्वीनाथ राईलगायतले बहस गरेको सर्वोच्च परिसरबाट हाम्रा संवाददाताले जानकारी दिएका छन् ।

इतिहासमै न्यायाधीश नै उपस्थित नभई गरिएको उनीहरुको बहसलाई सर्वोच्च प्रशासनले भने अभिलेखमा राखेको छ । न्याय मर्न दिनुहुन्न भनेर न्यायाधीश उपस्थित नभए पनि आफूहरुले बहस गरेको नेपालको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४