Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्वेन्टी ट्वेन्टी मैत्रिपूर्ण क्रिकेटमा नेपाली महिला टिमलाई श्रृंखला/रुबिना सर्वोत्कृष्ट खेलाडी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २४ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले बंगलादेशमा भएको बंगबन्धु बीकेएसपी कप वुमन फ्रेन्डसिप ट्वेन्टी ट्वेन्टी श्रृंखला जितेको छ ।

बुधबार बंगलादेशको बीकेएसपीको टिमलाई ७ विकेटले पराजित गर्दै नेपालले तीन खेलको श्रृख्ांला २/१ ले जितेको हो । घरेलु टोलीले दिएको ५४ रनको झिनो चुनौति नेपालले १४ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । सरिता मगर र कबिता जोशीले अविजित रहँदै १४ तथा सरिता मगरले अविजित रहँदै १३ रन जोडिन् ।

पहिले ब्याटिङ्ग गरेको बीकेएसपीले १६ ओभर ५ बलमा अलआउट हुँदै ५३ रनमात्रै जोड्यो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ४, करुणा भण्डारीले २ तथा कबिता कुँवर र सीता रानाले १/१ विकेट लिए ।

रुबिना प्लेयर अफ द सिरिज भएकी छिन् । यसअघि पहिलो खेल २४ रनले जितेको नेपालले दोस्रो खेल ५ विकेटले हारेको थियो । विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली टिम बंगलादेशमा बन्द प्रशिक्षणका लागि गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४