Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाधिवेशनपछि नयाँ नेतृत्व र शक्ति स्थापित हुने एमालेको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १७ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १० औं राष्ट्रिय महाधिवशेनपछि नयाँ नेतृत्व र शक्ति स्थापित हुने दाबी गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीले महाधिवशेनपछि नयाँ नेतृत्व र शक्ति स्थापित हुने जनाएको हो ।

नयाँ विधानअनुसार एमाले महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

एक तिहाइ महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी हुनेछ । यसैगरी महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको चयन गर्नेछ । नेतृत्व निर्वाचनको कार्य विद्युतीय भोटिङ मेसिनको सहयोगमा हुनेछ ।

महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदीको किनारामा अवस्थित विशाल मैदानमा गर्नुहुनेछ । बन्द सत्र सौराहास्थित हात्तीसारमा गर्ने तयारी छ ।

स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा गठन गरिएको मूल व्यवस्थापन समितिमा २३ सदस्य छन् । महाधिवेशनका प्रतिनिधिको निर्वाचन आगामी कात्तिक २७ गते गर्ने बताइएको छ ।

एमालेले विभिन्न मुलुकका पार्टी, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी, दक्षिण एसियाका सत्तारुढ दल र विपक्षी दल तथा आइक्याप (आइसीएपीपी)का स्थायी कमिटीका सदस्यलाई पाहुना बोलाउने छ । एमालेबाट विभाजन भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाहेक नेपालका प्रमुख राजनीतिक दलहरूलाई निम्तो दिइने छ ।

वर्तमान सरकारका कारण सर्वत्र उत्पन्न विसंगतिको अन्त्य गरी फेरि पनि लोकतान्त्रिक राजनीतिक स्थायित्वका लागि ताजा जनादेशको विकल्प नभएको एमालेको निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४