Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोलिको चुनावमा ओलीको पार्टी टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक १३ २०७८
  • 4.4K
    SHARES

बिराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले नै आँट गरेर घोडामा सवार वादशाहलाई भुईँमा पछारेको बताएका छन् । साथै अब आउने चुनावमा नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने समेत उनको दाबी छ ।

शनिबार बिराटनगरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलार्ए सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई तिहाईको सत्ताको मात लागेका केपी ओलीलाई आफूहरुले आँट गरेर भुईँमा पछारिदिएको बताए । उनले अघि भने, ‘आज केपी ओली भुईँमा पुगेका छन् । एकीकृत समाजवादी पार्टी सत्तामा पुगेको छ ।

एमाले आफ्नै पार्टी भएपनि त्यहाँ नौ डिग्री स्केलको भुँइचालो आएको र घरको जग हल्लिन थालेपछि आफूहरुले विद्रोह गरेर नयाँ पार्टी जम्माएको उनले बताए ।

सूदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पार्टी पहिलो भएको र ओलीको पार्टी भुईँमा पछारिएर उनले बताए । मालेमा विद्रोहको सुरुवात कर्णालीबाट भएको र दुई नम्बर प्रदेशमा पनि एमाले भन्दा आफूहरुको पार्टी ठूलो भएको उनले बताए ।

अहिले भर्खर बागमतीमा पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘केपी ओलीका मान्छेले फुर्ती गर्नुपर्ने अवस्था छैन । भोलिको चुनावमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४