Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनसरीमा एमालेको जिल्ला अध्यक्षमा विवाद


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ६ २०७८
  • 3.8K
    SHARES

विराटनगर । सुनसरीमा नेकपा एमालेको जिल्ला अध्यक्ष को हो भन्ने विषयमा विवाद देखिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनभन्दा अगाडिका अध्यक्षलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले स्वीकार नगरेपछि विवाद देखिएको हो ।

१० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले नमानेका कारण जिल्लामा रेवतीरमण भण्डारी र रमेश बस्नेत अध्यक्ष छन् । भण्डारी ओली पक्षका हुन् । त्यस्तै बस्नेत भने माधव नेपाल पक्षले पार्टी विभाजन गर्दा १० बुँदे सहमति गरी एमालेमै बसेका नेताहरुको पक्षका हुन् ।

भण्डारीले कात्तिक २ गते पार्टीको सचिवालय बैठक बसेको र विभिन्न निर्णयहरू भएको उल्लेख गर्दै विज्ञप्ति जारी गरेका छन् ।

भण्डारीको अध्यक्षतामा बसेको सचिवालय बैठक विधानविपरीत भएको दाबी गर्दै बस्नेतले अर्को वक्तव्य जारी गरेका छन् ।

कात्तिक ३ गते बस्नेत र जिल्ला इञ्जार्च धर्मराज निरौलाले विज्ञप्ति जारी गर्दै अर्का भण्डारीले जारी गरेको विज्ञप्ति झुटो भएको उल्लेख गरेको छ ।

बस्नेतले १० बुँदे कार्यान्वयन पछि आफू आधिकारिक अध्यक्ष रहेको उल्लेख गरेका छन् । भदौ १३ गते केन्द्रीय कार्यालयबाट जारी गरिएको अन्तरपार्टी निर्देशन १२ ले पार्टीका सबै तहका कमिटी र जनसंगठनमा लागू हुने गरी १० बुँदे प्रस्ताव लागू गर्ने निर्देशन भएको विज्ञप्तिमा उल्लेख छ ।

तर शुक्रबार ओली पक्षका केन्द्रीय सदस्य तैयब हुसैनले विज्ञप्ति जारी गर्दै रमेश बस्नेत अध्यक्ष नरहेको उल्लेख गरेका छन् । उनले रेवतीरमण भण्डारीलाई एमालेको केन्द्रीय कार्यालयले मान्यता दिएको उल्लेख गरेका छन् ।

बस्नेत एमाले भित्र विगतमा माधव नेपाल पक्षका हुन् । माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्दा मुख्यमन्त्री भीम आचार्यसँगै एमालेमै बसेका थिए । तर ओली पक्षले उनलाई अध्यक्षमा स्वीकार गरेको छैन ।

सुनसरीमा गत पुस ५ पछि समानान्तर जिल्ला कमिटीहरू गठन भएका थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सुनसरीमा ओली पक्षले भण्डारीलाई अध्यक्ष बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४