Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ईपीएलको उपाधिका लागि आज चितवन र पोखरा भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २३ २०७८
  • 9.6K
    SHARES

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोज भिड्दैछन् ।

दुवै टोली पहिलोपटक फाइनल पुगेकोले जसले जिते पनि यसपटक ईपीएलको नयाँ च्याम्पियन बन्नेछ ।

दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स र तेस्रो संस्करणको विजेता ललितपुर प्याट्रिओट्स यसपटक लिग चरणबाटै बाहिरिसकेका छन् ।

चितवनले पहिलो क्वालिफायरमा पोखरालाई नै पारजित गरेर फाइनल पुगेको हो । पोखराले भने अर्को अवसरमा भैरहवा ग्लाडिएटर्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै चितवनसँग भेट पक्का गरेको हो ।

यी दुई टोली यही संस्करणमा दुई पटक भेट हुँदै दुवै पटक चितवन विजयी भएको थियो ।

जितवन लिग चरणमा पाँचमध्ये चार खेल जित्दै ८ अंक जोडेर पहिलो भएको थियो भने पोखरा तीन जित र १ बराबरीबाट ७ अंक जोड्दै दोस्रो भएको थियो । लिगमा पोखरा चितवनसँग मात्र पराजित भएको थियो ।

यसअघि चितवन र पोखराबीच दुई खेल हुँदा दुवै खेलमा चितवनले सहज जित हात पारेको थियो । लिग चरणमा मोहम्मद शाहाजाद र भीम शार्कीले अर्धशतक बनाएपछि चितवनले पोखराले दिएको १२४ रनको लक्ष्य १६.४ ओभरमा एक विकेट मात्र गुमाएर पूरा गरेको थियो ।

यस्तै पहिलो क्वालिफायरमा चितवनले पोखरालाई ६६ रनमा अलआउट गर्दै ९ विकेटको जित हात पारेको थियो । चितवनमा अफगानिस्तानका मोहम्मद शाहाजाद र करिम जन्नतले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

यस्तै श्रीलंकन सेकुगे प्रसन्न र मलेसायका भिरनदिप सिंह पनि विदेशी खेलाडीको रुपमा छन् । शाहजाद सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा छन् । उनले ६ खेलमा १ अर्धशतकसहित १९६ रन बनाएका छन् ।

सोमपाल कामीसहित नेपाली युवा खेलाडीहरु भिम शार्की, सिंह ऐरी, सागर ढकाल, शाहब आलम, राजेश पुलामी मगरलगायतले चितवनका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । चितवनका सागर ढकाल १३ विकेटसहित सर्वाधिक विकेट लिनेमा अघि छन् । चितवनकै करिम ९ विकेटसहित दोस्रो स्थानमा छन् । शाहब र कमलले समान ८ विकेट लिएका छन् ।

पोखरामा रहेका श्रीलंकन साहान अराचचिगे र असेला गुनारत्नेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यस्तै अन्य विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका रिचर्ड लेभी र वेष्ट इन्डिजका केज्रिक विलियम्स छन् । लेभी १५५ रन बनाउँदै सर्वाधिक रन बनाउनेमा चौथो स्थानमा छन् । पोखराका लागि युवा अलराउण्डर विवेक यादवले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले ११२ रन बनाएका छन् भने ४ विकेट लिएका छन् ।

फाइनलअघि शुक्रबार टीयू मैदानमा भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तानले फाइनलका लागि तयार भएको बताएका थिए ।

चितवन सोमपाल कामीको कप्तानीमा र पोखरा विनोद भण्डारीको कप्तानीमा खेल्दैछ ।

चितवनका कप्तान सोमपाल कामी र पोखराका कप्तान विनोद भण्डारीले फाइनल भनेर धेरै सोच्ने भन्दा पनि एउटा गेम सोचेर खेल्ने बताए ।

यस पटक ईपीएलमा पाकिस्तानका पूर्व कप्तान शाहीद अफ्रिदी जस्ता नाम चलेका स्टार खेलाडीहरु आएका थिए । अफ्रिदीसहित करिब दुई दर्जन खेलाडीले टीयू मैदानमा ईपीएल खेले ।

विदेशी खेलाडीको आगमनले नेपाली खेलाडीले पनि धेरै कुराहरु सिक्ने अवसर पाएको सोमपाल र विनोदले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४