Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा खसी-बोका भित्रिन लागे


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज २१ २०७८
  • 5.7K
    SHARES

काठमाडौं, । बडा दशैं सुरु भएसँगै काठमाडौं उपत्यकामा खसी–बोका उतार्न थालिएको छ । तर यस पटक कोरोना संक्रमणलाई कारण देखाउँदै मूल्य भने बढेको छ । कोरोना संक्रमणको जोखिम कम भएकाले खसी–बोका किन्नेहरुको संख्या बढ्दो छ । पशु चौपायाको स्वास्थ्य परीक्षण गरेर मात्र ल्याइएको व्यवसायीले जनाएका छन् ।

अघिल्ला वर्षहरुमा जिउँदो च्याङ्ग्रा प्रति केजी ७/८ सय रुपैयाँ पर्ने गरेकोमा अहिले दोब्बर प्रति केजी १३/१४ सय रुपैयाँ मूल्य परेपछि उपभोक्ता महङ्गीको चपेटामा परेका छन् । हिमाली जिल्लाका साथै मित्रराष्ट्र चीनको सिमावर्ती गाउँबाट च्याङ्ग्रा ल्याइन्छ । सीमा नाका नखुल्दा च्याङ्ग्राको मुल्य आकाशिएको हो ।

यता, काठमाडौंमा अहिले मकवानपुर, धादिङ, गोरखा तथा रसुवाको दक्षिण भेग र नुवाकोटबाट खसी–बोका ल्याइएको छ । जिउँदो खसी बोकाको प्रतिकेजी ७÷८ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि खसी–बोका बिक्री गर्दै आएको छ । कम्पनीले भोलिदेखि बिक्री थाल्ने बताएको छ । काठमाडौंमा दशैँको बेला खसी–बोकाको मासु ११ लाख किलो भन्दा बढी खपत हुने गरेको अनुमान गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४