Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा कांग्रेस जिल्ला अधिवेशन आजः तीन जनाको उम्मेद्वरी फिर्ता, सभापति र केन्द्रीय प्रतिनिधिको मतगणना आजै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १६ २०७८
  • 5.4K
    SHARES

फाइल फोटो जिल्ला सभापति पद्का उम्मेदवरहरु लबश्री न्यौपाने, कृष्ण महत र पूर्णबहादुर तामाङ् ।


रामेछाप । नेपाली कांग्रेस रामेछापको जिल्सला भापति सहितको अधिवेशन आज हुदैछ । सभापति पदको लागि तीन जनाको उम्मेद्वरी दर्ता समेत भैसकेको छ । 

बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी भएपछि सदरमुकाम मन्थलीमा पानी परेको हुदाँ केही ढिला हुनेदेखिएको निर्वाचन अधिकृत बिष्णु लुइटेलले जन न्युज नेपाल खबरलाई जानकारी दिए । ‘बिहान ८ बजेदेखि मतदान गर्ने तयारी छ । पानी परेकाले केही समस्यादेखियो समय फेर बदल हुन सक्छ ।’

उनका अनुसार जिल्ला पार्टी सभापति सहित ७ जना पदादिकारीहरु, ३१ जना जिल्ला कार्यसमिमित सदस्य र २४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको आज निर्वाचित् हुने छन् । जिल्ला अधिवेशनमा भाग लिने सबैको शुक्रबार रातिनै निर्वाचन प्रक्रिय सकिएको उनले बताए । बिहान ७ बजेसम्म उम्मेद्वरी दाबी बिरोध, फिर्ता गर्ने समय तोकिएको थियो । जसमा तीन जनाको उम्मेद्वरी फिर्ता भएको लुइटेलले जन न्युज नेपाल खबरलाई बताए । ‘मलाई कुन-कुन पद हो याद् भएन तीन जनाको उम्मेद्वरी फिर्ता भएको छ लुइटेलले भने ।’

 लुइटेलका अनुसार मतदान गर्ने समय अपरान्ह् ४ बजेसम्म तोकिएको छ । मौसमले साथ नदिए फेरबदल हुन सक्ने बताइएको छ । मतदान स्थल शनिबार भएकाले बिद्यालय बन्द हुने भएकाले मन्थली मा.वि.मा मतदान गर्ने तयारी पूरा भएको छ । मतदान सकिए लगत्तै मतगणना सुरु गर्ने तयारी रहेको उनले सुनाए । आज सभापति पदको र केन्द्रीय महाधिवेश प्रतिनिधिको मतगणना हुन्छ । सभापतिमा तीन जनाको उम्मेद्वरी परेकाले बराबर मतल्याउने दुई जनालाई फेरी प्रतिस्पर्धा गराइने उनले बताए ।  

जिल्ला सभापतिमा हाल पार्टी सभापति रहेका लवश्री न्यौपाने, महाधिवेशन प्रतिनिधि रहेकाद्वय कृष्ण महत र पूर्णबहादुर तामाङ् (कान्छाराम) को उम्मेद्वरी दर्ता भएको छ । 

१४ सय १३ जना वडा, गाउँ÷नगर र क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्दै छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४